स्याङ्जामा २९ प्रतिशत बेरोजगार
स्याङ्जा | चैत १३, २०७९
स्याङ्जा: लोक सेवा आयोगमा देशमै पहिलो स्थानमा रहेको स्याङ्जामा पछिल्लो जनगणनामा २८.६४ प्रतिशत नागरिक बेरोजगार देखिएका छन् ।
२०७८ को जनगणनामा दुई लाख ५३ हजार २४ जनसङ्ख्या रहेको यहाँ जनगणनाको समयमा १० वर्ष पुगेकाले १२ महिनासम्म कुनै पनि काम नगरेको जनसङ्ख्या जिल्लामा ठुलो देखिएको हो । जनगणना समय अघिको १२ महिनासम्म जिल्लामा ७२ हजार ४७३ जना बेरोजगार रहेका हुन् ।
काम गर्न सक्ने दुई लाख १६ हजार ७८९ भए पनि २६ हजार ९०८ जनाले तीन महिना कम र तीन महिना भन्दा बढी अर्थात् छ महिना भन्दा कम २७ हजार ९९४ जनाले कुनै न कुनै काम गरेका छन् । छ महिना भन्दा बढी आर्थिक काम गर्नेको सङ्ख्या ८९ हजार ४ सय १४ जना रहेको छ ।
काम गर्न सक्ने मध्ये कै २९.५ प्रतिशत अर्थात् ६३ हजार ८ सय ६५ जना आर्थिक रूपमा बेरोजगार रहेको गणनाको तथ्याङ्कमा उल्लेख गरिएको छ । काममा संलग्न हुनसक्ने उमेर भए पनि एक हजार ९२५ जनाले कामको श्रोत नखुलाएकोतथ्याङकमा मा उल्लेख गरिएको छ । यहाँ एक लाख दुइ हजार ७८६ जनाले मात्रै प्रायः सक्रियता पूर्वक काम गर्दै आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सक्रिय सङ्ख्या ४८ हजार २ सय १३ जनाले कहिले काँही काममा सक्रियता देखाउने गरेको तथ्याङ्कमा सार्वजनिक गरिएको छ ।
जनगणनाको समयमा आर्थिक क्रियाकलापको पेसागत रूपमा सबै भन्दा धेरै कृषिजन्य उत्पादनमा ६४.७ प्रतिशत जनसङ्ख्या आबद्ध रहेका छ । त्यस्तै प्राथमिक पेसा कामदारमा १४.६, सेवा तथा बस्तुमा बिक्रीमा ४.३, व्यवस्थापनमा ४.१ र पेसाविद्मा चार प्रतिशत सहित केही सङ्ख्या शिल्पकला तथा कारखाना यन्त्र पेसामा आबद्ध रहेका छन् ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

