सन्दीपलाई थुनामा पठाउने न्यायाधीशकै इजलासमा मुद्दाको पेशी
काठमाडाैं | चैत १३, २०७९
काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको आज अन्तिम सुनुवाई हुँदैछ। मुद्दाको पेशी जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासको चौथो नम्बरमा मुद्दाको पेशी तोकिएको छ।
यसअघि गत कार्त्तिक १८ गते घिमिरेको इजलासले सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो।
जबरजस्ती करणी मुद्दामा सन्दीप दोषि हुन् वा निर्दोष ? भन्ने विषयमा काठमाडौं जिल्ला अदालतले आज टुंगो लगाउने छ। सोमबार सरकारी वकिल र पीडितको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने तयारी छ। पीडित पक्षका कानुन व्यवसायी पछि सन्दीपको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने जनाइएको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो। सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

