पैदलयात्रीको रोजाइमा ‘देवचुली डाँडा’

नवलपरासी | चैत १३, २०७९

पैदलयात्रीको रोजाइमा ‘देवचुली डाँडा’

कावासोती:  पूर्वी नवलपरासीको ‘देवचुली डाँडा’ पैदलयात्रामा रुचि हुनेहरूको रोजाइमा पर्न थालेको छ । नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सतहदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको छ । अहिले सो स्थान नवलपुरसहित आसपासका जिल्लाका पदयात्रीको रोजाइमा पर्ने गरेको छ ।

 

यहाँबाट नवलपुरका विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भागहरू अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै दृश्यावलोकन गर्न आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।

 

महाभारत पर्वत शृङ्खला अन्तर्गत सबैभन्दा अग्लो देवचुली डाँडालाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र निर्माण गरी यस क्षेत्रमा पर्यटन व्यवसायलाई थप प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने उद्देश्यका साथ देवचुली डाँडामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । देवचुलीका सामाजिक अभियन्ताले जिल्लाको पर्यटकीय स्थल देवचुली डाँडामा ५२ इन्च चौडाइ र ९० इन्च लम्बाइ सहितको राष्ट्रिय झण्डा फहराइएको प्रेम भट्टले बताउनुभयो ।

 

 

–पर्यटकीय स्थल देवचुली डाँडामा ५२ इन्च चौडाइ र ९० इन्च लम्बाइसहितको राष्ट्रिय झण्डा 

 

प्राकृतिक रूपमा निकै सुन्दर ठाउँ रहेको र यहाँ घुम्दा निकै रमाइलो अनुभूति भएको बताउँदै उहाँले भन्नुभयो  “साँच्चै देवचुली डाँडा निकै रमाइलो ठाउँ रहेछ, डाँडाबाट नजिकै देखिने हिमशृङ्खला, पहाडका टाकुरा र दक्षिणमा देखिने फाँट निकै मनमोहक लाग्ने रहेछ ”। 

 

देवचुली डाँडा पदयात्राका लागि जिल्लाकै उत्कृष्ट गन्तव्य रहेको देवचुलीका वसन्त पोखरेल बताउनुहुन्छ । तर पदमार्गलाई थप व्यवस्थित बनाउने, बीच–बीचमा विश्रामस्थल निर्माण गर्ने, खानेपानीको व्यवस्था गर्ने, पदमार्गमा बाटाको सङ्केत चिह्न राख्ने हो भने अझै राम्रो हुने उहाँको भनाइ छ  ।

 

देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले देवचुली डाँडा पर्यटकीय क्षेत्रका रूपमा नगरकै गौरव रहेकाले यस क्षेत्रको विकासमा आफूहरू लाग्ने बताउनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रको विकासमा देवचुली डाँडालाई प्राथमिकता दिएर समेटिएकाले आवश्यक पूर्वाधार निर्माणमा नगर लागिपर्ने उहाँले जानकारी दिनुभयो ।

 

यहाँ घरबाससमेत रहेकाले राति घरवासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहानै पैदलयात्रामा निस्कने गर्दछन् । कतै वन, बीच भागतिर एकाध घर र स–साना फाँट छिचोल्दै देवचुली डाँडा पुगिन्छ । देवचुली डाँडा पोखरी हुँदै जाँदा करिब २० किलोमिटर दलदलेबाट उत्तर लाग्नुपर्छ भने कीर्तिपुरबाट १२ किलोमिटरको दूरीमा पर्छ । करिब तीन घण्टाको पैदलयात्रापछि देवचुली डाँडा पुग्न सकिन्छ ।  

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्