तनहुँबाट एसईई परीक्षामा छ हजार विद्यार्थी सहभागी हुने

काठमाडाैं | चैत १४, २०७९

तनहुँबाट एसईई परीक्षामा छ हजार विद्यार्थी सहभागी हुने फाइल तस्बिर

तनहुँ:  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा तनहुँबाट करिब छ हजार विद्यार्थी सहभागी हुने भएका छन्। यही चैत १७ देखि २९ गतेसम्म हुने उक्त परीक्षामा पाँच हजार ७६६ विद्यार्थी सहभागी हुने जनाइएको छ। 

 

नियमिततर्फ पाँच हजार ५३६, ग्रेड वृद्धिमा ७७ र प्राविधिक धारका १५३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ। जिल्लामा २६ वटा एसईई परीक्षा केन्द्र तोकिएको समन्वय एकाइका प्रमुख वसन्तराज पौडेलले बताउनुभयो। 

 

उहाँका अनुसार प्रत्येक परीक्षा केन्द्रमा पाँचदेखि १० जनासम्म सुरक्षाकर्मी खटाइनेछ। चारवटा माध्यमिक विद्यालयमा मात्र कक्षा ९ र १० मा प्राविधिक सञ्चालन हुने भएकाले प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको जानकारी उहाँले दिनुभयो। सत्यवती माविमा कम्प्युटर इन्जिनियर, पञ्चमुनिदेव माविमा भेटेरिनरी, राम शाह माविमा सिभिल इन्जिनियरिङ र गाउँफर्क माविमा कृषि विषयको परीक्षा सञ्चालन हुनेछ। गुरुकुल संस्कृततर्फ साधारण संस्कृतमा १९ र संस्कृतमा ५३ जना विद्यार्थी परीक्षामा सहभागी हुने एकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले जानकारी दिनुभयो।

 

कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिने भए पनि थप अध्ययनका लागि नयाँ बाटो खुला हुने भएकाले एसईईको परीक्षालाई महत्व दिने गरिएको छ। परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ।  

गलकोटः   विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ वर्षपछि सर्वसम्मत रूपमै गाउँपालिकाको केन्द्र टुङ्ग्याएको छ ।  काठेखोला गाउँपालिकाका सबै राजनीतिक दलको सहमतिपश्चात बसे...

थप पढ्नुहोस्

भरतपुर:  बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो ।  चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर ...

थप पढ्नुहोस्

सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका-३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ । बिहीबार बेलुकी नौ बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको...

थप पढ्नुहोस्