मोरङबाट २३४ किलो गाँजासहित पाँचजना पक्राउ

मोरङ | चैत १५, २०७९

मोरङबाट २३४ किलो गाँजासहित पाँचजना पक्राउ

मोरङ:  मोरङ प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। 

 

मंगलबार इलाका प्रहरी कार्यालय रङ्गेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको टोलीले रङ्गेली नगरपालिका–२ चेका खोलास्थित गहुँबारीमा पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा दुई भारतीय नागरिक गाँजासहित पक्राउ परेका थिए। 

 

भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंहलाई १५० किलो गाँजा ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। 

 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले मोरङको रङ्गेली नगरपालिका–३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा लुकाईछिपाई राख्ने गरेको खुलेपछि प्रहरी खानतलासीका लागि पुगेको थियो। 

 

कार्कीको घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटिएपछि प्रहरीले कार्कीसहित गाँजा ओसारपसारमा संलग्न थप दुई  भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पनि पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए। 

 

उनीहरुको साथबाट कुल २३४ किलो गाँजा बरामद भएको हो। डीएपसी कार्कीले पक्राउ परेका पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बताए। 

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्