सामुदायिक विद्यालयबाट एसइई दिने विद्यार्थी बढी

स्याङ्जा | चैत १५, २०७९

सामुदायिक विद्यालयबाट एसइई दिने विद्यार्थी बढी

वालिङ: यस वर्षको एसइईमा स्याङ्जाबाट ४ हजार ४८१ जना परीक्षार्थी सहिभागी हुँदैछन् । जिल्लामा एसइईको सबै तयारी पूरा भएको बताइएको छ ।  जिल्ला शिक्षा इकाई प्रमुख विश्वराज आचार्यका अनुसार सबै परीक्षा केन्द्रमा तोकिएको स्थानमा प्रश्नपत्र र उत्तरपुस्तिकाहरु पुगिसकेका छन् । जिल्लामा १६९ विद्यालयका ४ हजार ४८१ परीक्षार्थीले एसइई दिने भएका हुन् । 

 

सामुदायिक विद्यालयबाट एसइई दिनेको सङ्ख्या धेरै देखिएको छ । ३ हजार ५ सय नियमित र ७७ जना ग्रेड वृद्धिगरी सामुदायिक विद्यालयबाट ३ हजार ५७७ जना विद्यार्थी एसइईमा सहभागी हुने आचार्यले जानकारी दिनुभयो । 

 

यस्तै, संस्थागततर्फ ९ सय ३ नियमित र १ जना ग्रेड वृद्धिगरी ९०४ जना परीक्षार्थी सहभागी हुने आचार्यको भनाइ छ । 

 

प्राविधिक विषयतर्फ १३७ जना बाली विज्ञानमा ७३ र कम्प्युटर साइन्समा ६४ जना विद्यार्थीले एसइई दिने भएका हुन् । जिल्लामा परीक्षाका लागि ३४ केन्द्र निर्धारण गरिएको छ । ३४ केन्द्राध्याक्षलाई अभिमुखीकरण तालिम समेत प्रदान गरिसकिएको शिक्षा इकाई प्रमुख आचार्यले जानकारी दिनुभयो ।

 

परीक्षालाई शान्तपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक तयारी पूरा गरिएको शिक्षा इकाई कार्यालयले जनाएको छ ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्