सामुदायिक विद्यालयबाट एसइई दिने विद्यार्थी बढी
स्याङ्जा | चैत १५, २०७९
वालिङ: यस वर्षको एसइईमा स्याङ्जाबाट ४ हजार ४८१ जना परीक्षार्थी सहिभागी हुँदैछन् । जिल्लामा एसइईको सबै तयारी पूरा भएको बताइएको छ । जिल्ला शिक्षा इकाई प्रमुख विश्वराज आचार्यका अनुसार सबै परीक्षा केन्द्रमा तोकिएको स्थानमा प्रश्नपत्र र उत्तरपुस्तिकाहरु पुगिसकेका छन् । जिल्लामा १६९ विद्यालयका ४ हजार ४८१ परीक्षार्थीले एसइई दिने भएका हुन् ।
सामुदायिक विद्यालयबाट एसइई दिनेको सङ्ख्या धेरै देखिएको छ । ३ हजार ५ सय नियमित र ७७ जना ग्रेड वृद्धिगरी सामुदायिक विद्यालयबाट ३ हजार ५७७ जना विद्यार्थी एसइईमा सहभागी हुने आचार्यले जानकारी दिनुभयो ।
यस्तै, संस्थागततर्फ ९ सय ३ नियमित र १ जना ग्रेड वृद्धिगरी ९०४ जना परीक्षार्थी सहभागी हुने आचार्यको भनाइ छ ।
प्राविधिक विषयतर्फ १३७ जना बाली विज्ञानमा ७३ र कम्प्युटर साइन्समा ६४ जना विद्यार्थीले एसइई दिने भएका हुन् । जिल्लामा परीक्षाका लागि ३४ केन्द्र निर्धारण गरिएको छ । ३४ केन्द्राध्याक्षलाई अभिमुखीकरण तालिम समेत प्रदान गरिसकिएको शिक्षा इकाई प्रमुख आचार्यले जानकारी दिनुभयो ।
परीक्षालाई शान्तपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक तयारी पूरा गरिएको शिक्षा इकाई कार्यालयले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

