उपत्यकामा ट्राफिक नियम उलंघन गर्ने स्कुल बसका १६ चालक कारबाहीमा
काठमाडाैं | चैत १५, २०७९
काठमाडौं : उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङका क्रममा १६ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
स्कुल बस निर्देशिका बमोजिम मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १६ जना स्कुल बसका चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा गरी स्कुल बस संचालन भए नभएको सम्बन्धमा ट्राफिक प्रहरीले निरन्तर अनुगमन गरिहेको छ ।
जसमा बसको अवस्था ठिक नराख्ने ८ जना र लापरबाहीका साथ बस चलाउँदै गरेका ८ जना रहेका छन्। चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य ३१४ जना चालक समेत कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यकाको आवागमनलाई सहजीकरण गर्न,सवारी दुर्घटना न्यूनिकरण गर्न र ट्राफिक नियमको पालना गराउन ट्राफिक प्रहरीले नियमित तथा विशेषा चेकिङ गर्दै आएको छ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

