सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडाैं | चैत १६, २०७९
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सयले घटेर प्रतितोला १ लाख ८ हजार २०० कायम भएको छ।
अघिल्लो कारोबार दिन बुधबार सुन ५००ले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँ तोकिएको छ।
सुनको मूल्य घटेपनि चाँदी मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

