तनहुँ खस्राङमा झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी

तनहुँ | चैत १६, २०७९

तनहुँ खस्राङमा झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी

तनहुँ:  तनहुँ आबुखैरेनी गाउँपालिका –४ स्थित आम डाँडा स्थित खस्राङमा रहेको आधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण पुरा भएपछि स्थानीय बासिन्दालाई वर्षा याममा जोखिम बोलेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । खोलामाथि पुल निर्माण भएपछि आवत जावतमा सहज भएपछि स्थानीयवासी खुसी भएका छन् ।  

 

कादूरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । कादूरीको ७७ लाख ११ हजार पाँच सय १९ र उपभोक्ताहरूको तर्फबाट श्रमदान रु एक लाख त्रिपन्न हजार गरी कूल रु ७८ लाख ६४ हजार पाँच सय १९ को लागतमा पुल निर्माण गरिएको हो ।

 

वि.सं २०७७ असोज १५ सर्वेक्षण गरी ०७९ कार्तिक १७ मा योजनाको निर्माण कार्य सुरु गरी ०७९ फागुन १८ गते सम्पन्न भएको आँधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण योजनाका अध्यक्ष इनबहादुर गुरुङले जानकारी दिनुभयो । ८६ मिटर लामो दुरीको उक्त पुल निर्माण पछि त्यस क्षेत्रका करिब एक हजार भन्दा बढी जनसङ्ख्या लाभान्वित हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पुलको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मङ्गलबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । सो अवसरमा चुमानले पुल निर्माण पश्चात् सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सहज हुने भएकोले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्