उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता

काठमाडाैं | चैत १७, २०७९

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता

काठमाडौं:  निर्वाचन आयोगले आगामी वैशाख १० मा  हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ ।

 

उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार  २६  राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नं २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ । 

 

यसैगरी, उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

 

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘निर्णयबमोजिम चितवन जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ तथा बारा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने वा उम्मेदवारको निर्वाचन प्रतिनिधि हुन चाहने व्यक्तिले मतदाता नामावलीको उतार लिन कुनै निर्वाचन कार्यालयमा पनि निवेदन दिनसक्ने र यसरी निवेदन प्राप्त भएमा सम्बन्धित निर्वाचन कार्यालयबाट तोकिएको प्रक्रिया पूरा गरी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा नामावलीको उतार उपलब्ध गराइनेछ ।’’

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्