नेपाल अन्तर्राष्ट्रिय जगतकै निम्ति ‘खेलको हब’ हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं | चैत १८, २०७९
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नीतिगत रुपले स्पष्टता ल्याउँदा नेपाल अन्तराष्ट्रिय जगतकै निम्ति‘खेलको हब’हुनसक्ने ठाउँ भएको बताएका छन्।
राखेपले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवादलाई सम्बोधन गर्दै उनले नेपालको भौगोलिक परिवेशले पनि अन्तर्राष्ट्रियस्तरमा नेपाल खेलको हब हुनसक्ने बताएका हुन्।
उनले भने, ‘हिमालमा खेलिने खेलदेखि पहाड/तराई सबैतिर संरचना निर्माण गर्न सक्ने हो र भौतिक पूर्वाधार हुने हो भने यो संसारकै निम्ति एउटा उत्कृष्ट अन्तर्राष्ट्रिय खेलको हब हुनसक्ने ठाउँ हो।’
उनले आर्थिक, सामाजिक, राजनीतिक, कुटनीतिक हरेक दृष्टिकोणले पनि अन्तर्राष्ट्रिय रुपमा खेल क्षेत्र महत्वपूर्ण रहेको बताए।
खेलकुद क्षेत्रलाई संस्थागतरुपमा अगाडि बढाउन आफ्नो उच्च प्राथमिकता रहेको उनले बताए। उनले खेलकुद क्षेत्रको महत्व गुणात्मक रुपमा अगाडि बढाउने समय रहेको धारणा राखे।
राखेप सदस्य सचिव टंकलाल घिसिङले बजेट बढाएर कम्तिमा २ प्रतिशतको कुरा उठाएको जानकारी दिँदै प्रचण्डले आगामी बजेटमा पुनर्विचार गर्ने बताए।उनले भने, ‘बजेटका सीमाहरु रहेका छन्। तर खेल क्षेत्रलाई आफ्नो कार्यकालमा प्राथमिकता दिन्छु।’
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

