पोखरामा निगाता र इडु ब्रिज कन्सल्टेन्सीको साझेदारी, एकसाथ सेवा दिने

पाेखरा | चैत १८, २०७९

पोखरामा निगाता र इडु ब्रिज कन्सल्टेन्सीको साझेदारी, एकसाथ सेवा दिने

पोखरा:   काठमाडौंमा केन्द्रीय कार्यालय रहेको इडु ब्रिज कन्सल्टेन्सीले पोखराबाट आफ्नो सेवा प्रदान गर्ने भएको छ ।

 

पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटसँगको साझेदारीमा सेवाा दिने भएको हो ।
 

इडु ब्रिज कन्सल्टेन्सीले सेवा प्रदान गर्ने इडु ब्रिज कन्सल्टेन्सीका प्रबन्धक निर्देशक योगेश क्षेत्रीले विदेशमा उच्च शिक्षा हाँसिल गर्न इच्छुक विद्यार्थीहरुका लागि निगातासँगको सहकार्यमा सेवा प्रदान गर्ने जानकारी दिए । 

 

उनले विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने विद्यार्थीहरुका लागि इडु ब्रिज कन्सल्टेन्सीले काठमाडौंबाट सेवा प्रदान गर्दै आएको बताउदै अबको दिनमा पोखरेली विद्यार्थीहरुलाई मध्यनजर गर्दै सेवा बिस्तार गरेको जानकारी दिए ।

‘विगत २२ वर्षदेखि काठमाडौंबाट इडु ब्रिज कन्सल्टेन्सीमार्फत सेवा दिदैं आएका छौं । निर्देशक क्षेत्रीले भने, ‘युके, युसए, अष्ट्रेलिया, क्यानडा र भारत लगायतका देशमा अध्ययनका लागि धेरै विद्यार्थीहरु राम्रो कलेज र युनिभर्सिटीमा अवसर दिइसकेका छौं  । त्यसैले अझ सेवाको दायरा फराकिलो बनाउने पोखरासम्म आएका हौं ।’
 

इडु ब्रिजको पोखराबाट सेवा बिस्तार भएपछि निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटका सञ्चालक किसान सुनारले नै जिम्मेवारी बहन गर्नेछन् । 
 

निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटले जापान, न्यूजिल्याण्ड, नेडरल्याण्ड, युके, युसए, अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकमा विद्यार्थी भिसामा अवसर प्रदान गर्दै आएको छ । यद्यपी निगाता जापानका लागि ब्राण्ड बनिसकेको छ । 

 

आगामी दिनमा निगातालाई जापानसँगै युरोपका अन्य मुलुकको ब्राण्ड बनाउनका लागि इडुुसँग सहकार्य गरेको निगाता इन्टरनेश्नल ल्याङ्गोइज एण्ड ट्रेनिङ इन्स्टिच्युटका सञ्चालक किसान सुनारले बताए । 

 

उनले विद्यार्थीहरुलाई निगाताले मुख्यतः जापान पठाउदै आएको बताउदै अन्य मुलुकहरुमा पनि जान चाहने विद्यार्थीहरुलाई मौका दिदैं आएको जानकारी दिए ।

‘हामीले जापानसँगै युरोपका विभिन्न मुलुकहरु युके, क्यानडा अष्ट्रेलिया लगायतका देशहरुमा पनि पठाउदै आएका छौ । तरपनि निगाता जापानको ब्राण्ड बनिरहेको छ, उनले भने, अबका दिनमा हामी इडु ब्रिजसँगको सहकार्यमा जापान लगायत अन्य युरोपका मुलुकमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्नेछौं ।’

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्