शुभम सहकारीको शिविरमा १९६ को स्वास्थ्य परिक्षण

पाेखरा | चैत १९, २०७९

शुभम सहकारीको शिविरमा १९६ को स्वास्थ्य परिक्षण

पोखरा:  शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा पोखरा महानगरपालिका वडा नं. २८ स्याङखुदीमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा १९६   जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।  


६६ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित शिविरमा युनाइटेड रेफरेन्स ल्यावोरेटरी प्रालि(युआरएल) ,त्रिनेत्र आँखा उपचार केन्द्र र लेकसिटी दन्त क्लिनिकको प्राविधिक टोलीले विरामीको लागि स्वास्थ्य परामर्श, रक्त, आँखा, दाँत र मुख परिक्षण गरिएको थियो ।


शिविरमा स्वास्थ्य परिक्षण गरिएका मध्ये ५० जना विरामीलाई थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको सहकारी संस्थाका सचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।


सिफारिस गरिएका विरामीलाई सामान्य शल्यकृया गर्नुपर्नेका लागि सम्पूर्ण खर्च संस्थाले व्यहोर्ने बताउदै परिक्षण गरिएको कार्डको आधारमा रक्त परिक्षणमा  ५० प्रतिशत खर्च सहकारीले व्यहोर्ने बताउनुभयो ।


कार्यक्रम संयोजक सितादेवी बरालका अनुसार वेगनासतालको जलाधार क्षेत्र स्याङखुदीमा आयोजित शिविरमा पोखरा २८ र ३१ का स्थानीयवासिन्दाले सुविधा लिएका थिए । शिविरमा ६२ हजार मुल्य बरावरको औषधि निशुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।


पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले शिविरको उद्घाटन गर्दै सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव स्वास्थ्यतर्पm पु¥याएको योगदानको उच्च कदर गर्दै सहकारी  उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो ।


सहकारी अभियान्ता तेजनारायण अधिकारीले ऐन, नियम, कार्यविधिको भावना र र्ममलाई आत्मसाथ गरेर अघि बढ्ने सहकारी सफल हुने विश्वास व्यक्त गर्दै दिगोपनका लागि शेयर सदस्य सचेत हुनु पर्नेमा जोड दिनुभयो ।


संस्थाका अध्यक्ष राजन पन्तको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, संस्थाका उपाध्यक्ष सूर्यप्रसाद पौडेल, स्थानीय समाजसेवी भोजराज भुर्तेल, व्यवस्थापक कमलप्रसाद कोइराला, सल्लाहकार चुडामणी बराल लगायतले स्वास्थ्य शिविरको महत्व माथि चर्चा गदै सहकारीको दिगोपनका लागि संचालक, व्यवस्थापक शेयर सदस्य सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्