अक्षरयात्राको १९७ औं श्रृङ्खला दुर्गा मन्दिरमा सम्पन्न
पाेखरा | चैत १९, २०७९
पोखरा: “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूलमन्त्रका साथ हरेक महिनाको तेस्रो शनिवार गजलसन्ध्या र नवनीत साहित्य सागरले संचालन गर्दै आइरहेको यात्रा साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९७ औं श्रृङ्खला स्रष्ठा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा सम्पन्न भयो ।
उक्त कार्यक्रम पुम्दीभुम्दी क्षेत्रमा बस्ने साहित्यप्रेमीहरुलाई समेटेर स्थापना गरिएको साहित्यिक संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बरालले स्वागत गर्दै आँफुहरु साहित्यप्रति सानैदेखि अनुरक्त रहेको, तर पेशागत कारणले समयमा साहित्य सिर्जनामा समाहित हुन नसकेतापनि अवकाशपछि संस्था गठन गरेर भाषा तथा साहित्यको सेवामा लागेको र दुई दशकदेखि तत्स्थानमा साहित्य सिर्जना गरी वाचन गर्ने पाको कार्यक्रम अक्षरयात्रामा सहभागी भै स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै काव्य वाचन गरी कार्यक्रम सुरु गर्नुभयो ।
सो अवसरमा अक्षरयात्राका परिकल्पनाकार मध्येका एक परिकल्पनाकार लक्ष्मण थापाले दुईहजार बैसठ्ठी सालदेखि सन्चालित यो कार्यक्रमले पोखरा ओरिपरी मात्र नभै लम्जुँग, तनहुँ, पाल्पा, स्याँग्जा र पर्वतका बिभिन्न प्रशिद्ध पर्यटकीय ठाउँहरुमा आवश्यकता अनुसार एक दिवसीय र दुई दिवसीय यात्रा गरेको छ ।
कार्यक्रमसंग नेपालका प्रायः सबै साहित्यकारहरु कुनै न कुनै कालखण्डमा जोडिएका जानकारी दिंदै पोखराकै सेरोफेरोमा रहेको साहित्यिक संस्थासंग सहकार्य गर्न पाएकोमा सन्तोष लागेको कुरा बताउँनु भयो ।
कार्यक्रममा प्रसिद्ध साहित्यकार, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नन्दप्रसाद सुवेदी, ध्रुव विपश्वी, गुरुप्रसाद बराल, लाल कार्की अन्जान, गुरुप्रसाद बराल, संदीप अधिकारी, हरीप्रसाद बराल, माधव खतिवडा र वसन्त विनोद लगाएत साहित्यकारहरुले तत्स्थानीय सिर्जना वाचन गरेका थिए ।
कार्यक्रमको परम्परा अनुसार स्थानीय व्यवस्थापन गर्ने संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बराल र गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा संचालित भएको थियो भनें कार्यक्रमको संचालन गजलसन्ध्याका सहसचिव माधव खतिवडाले गर्नुभएको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

