अक्षरयात्राको १९७ औं श्रृङ्खला दुर्गा मन्दिरमा सम्पन्न
पाेखरा | चैत १९, २०७९

पोखरा: “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूलमन्त्रका साथ हरेक महिनाको तेस्रो शनिवार गजलसन्ध्या र नवनीत साहित्य सागरले संचालन गर्दै आइरहेको यात्रा साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९७ औं श्रृङ्खला स्रष्ठा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा सम्पन्न भयो ।
उक्त कार्यक्रम पुम्दीभुम्दी क्षेत्रमा बस्ने साहित्यप्रेमीहरुलाई समेटेर स्थापना गरिएको साहित्यिक संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बरालले स्वागत गर्दै आँफुहरु साहित्यप्रति सानैदेखि अनुरक्त रहेको, तर पेशागत कारणले समयमा साहित्य सिर्जनामा समाहित हुन नसकेतापनि अवकाशपछि संस्था गठन गरेर भाषा तथा साहित्यको सेवामा लागेको र दुई दशकदेखि तत्स्थानमा साहित्य सिर्जना गरी वाचन गर्ने पाको कार्यक्रम अक्षरयात्रामा सहभागी भै स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै काव्य वाचन गरी कार्यक्रम सुरु गर्नुभयो ।
सो अवसरमा अक्षरयात्राका परिकल्पनाकार मध्येका एक परिकल्पनाकार लक्ष्मण थापाले दुईहजार बैसठ्ठी सालदेखि सन्चालित यो कार्यक्रमले पोखरा ओरिपरी मात्र नभै लम्जुँग, तनहुँ, पाल्पा, स्याँग्जा र पर्वतका बिभिन्न प्रशिद्ध पर्यटकीय ठाउँहरुमा आवश्यकता अनुसार एक दिवसीय र दुई दिवसीय यात्रा गरेको छ ।
कार्यक्रमसंग नेपालका प्रायः सबै साहित्यकारहरु कुनै न कुनै कालखण्डमा जोडिएका जानकारी दिंदै पोखराकै सेरोफेरोमा रहेको साहित्यिक संस्थासंग सहकार्य गर्न पाएकोमा सन्तोष लागेको कुरा बताउँनु भयो ।
कार्यक्रममा प्रसिद्ध साहित्यकार, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, नन्दप्रसाद सुवेदी, ध्रुव विपश्वी, गुरुप्रसाद बराल, लाल कार्की अन्जान, गुरुप्रसाद बराल, संदीप अधिकारी, हरीप्रसाद बराल, माधव खतिवडा र वसन्त विनोद लगाएत साहित्यकारहरुले तत्स्थानीय सिर्जना वाचन गरेका थिए ।
कार्यक्रमको परम्परा अनुसार स्थानीय व्यवस्थापन गर्ने संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बराल र गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा संचालित भएको थियो भनें कार्यक्रमको संचालन गजलसन्ध्याका सहसचिव माधव खतिवडाले गर्नुभएको थियो ।
काठमाडौं: जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियो...
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक वडावासी युवाको उद्धार गरेका छन्। वैदेशिक रोजगारीका लागि २ वर्षअघि दुबई पुगेका...
काठमाडौं: राष्ट्रिय शोक दिवसमा बुधबार राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ। गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २३ र भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान...