‘सिरियल किलर’ प्रकाश जसले जेलबाट छुटेपछि गरे लक्ष्मीको हत्या
पाेखरा | चैत १९, २०७९
एक साताअघि तनहुँको म्याग्दे गाउँपालिकास्थित पिपलटार खानेपानी ट्यांकीमा ४४ वर्षीया शान्ती श्रेष्ठको शव भेटिएको थियो ।
धादिङ्ग गंगाजमुना गाउँपालिकाकी श्रेष्ठ पोखराको अमरसिंहचोकमा बस्दै आएकी थिइन् । श्रेष्ठको हत्या आरोपमा प्रहरीले काभ्रे स्थायी घर भई पोखरामै बस्दै आएका चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
तनहुँ प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानकैक्रममा सुनारले हत्या गरेको स्वीकारेको बताएको छ ।
श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका सुनारले यसअपघि पनि एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका निरीक्षक भानु शर्माले दिएको जानकारी अनुसार सुनारले यसअघि एक महिलाको हत्या गरेको र सजाय भुक्तान गरी निस्केका हुन् ।
सुनारको विषयमा अहिले नै पूर्ण जानकारी दिन नमिल्ने प्रहरी निरीक्षक शर्माले बताए । यद्यपि, सुनारको थप जानकारी लिने क्रममा उनले १२ वर्ष अघि (०६७ सालमा) एक महिलाको हत्या गरेकाे पाइएकाे छ।
हत्या प्रमाणित भएपछि २० वर्ष सजाय सुनाइएपनि असल आचरणकाकारण १० वर्ष सजाय छूट पाएका थिए । प्राप्त सूचना अनुसार कत्र्तव्य ज्यान मुद्दामा मकवानपुर जिल्ला अदालतले उनलाई २० वर्षको जेल सजाय सुनाएको थियो ।
सुनार ०७८ फागुन ७ गते गणतन्त्र दिवसका दिन भिमफेदी कारागारबाट छुटेका थिए ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

