पोखरा बाटुलेचौरका सुरेश अमेरिकाको सानफ्रान्सिस्कोमा मृत भेटिए

पाेखरा | चैत २०, २०७९

पोखरा बाटुलेचौरका सुरेश अमेरिकाको सानफ्रान्सिस्कोमा मृत भेटिए

पोखरा:    अमेरिकाको सानफ्रान्सिस्कोमा  पोखरा बाटुलेचौरका एक युवा मृत फेला परेका छन् । सानफ्रान्सिस्को डाउन टाउन स्थित ओफारेल स्ट्रिटमा रहेको अपार्टमेण्टमा असमान्य अवस्थामा पोखरा बाटुलेचौर घरभएका सुरेश बाँनिया मृत भेटिएका अमेरिका स्थित नेपाली पत्रकारहरुले सुनगाभा न्यूजलाई जानकारी दिएका छने । 


अमेरिकाको बानिया रेष्टुरेन्टमा सेफका रुपमा कार्यरत २८ वर्षीय सुरेश शनिबार मृत भेटिएका हुन् । उनी सात वर्ष अघि अमेरिका गएका थिए । 


केही समयदेखि उनले मानसिक समस्याको उपचार गर्दै आएको र शनिबार साँझ अपार्टमेण्टमा बस्नेहरुले उनलाई असमान्य अवस्थामा देखेपछि आपतकालिन नम्बर ९११ मा फोन गरेका थिए । त्यसपछि प्रहरीले पोष्टमार्टमका लागि उनलाई अस्पताल लिएर गएको थियो ।


त्यहाँ उनको असमान्य मृत्यु भएकाले उनीसँग चिनजान भएकाले पोखरा स्थित उनको परिवारलाई खबर गरेका थिए । केही समय अघि तीव्र गतिमा गाडी चलाएपछि एक पटक उनलाई प्रहरीले समातेको थियो । मानसिक समस्या रहेको शंका लागेपछि प्रहरीले उनलाई उपचारका लागि सिफारिस गरेको थियो । त्यसपछि उनले नियमित उपचार गराईरहेका थिए ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्