पोखरा बाटुलेचौरका सुरेश अमेरिकाको सानफ्रान्सिस्कोमा मृत भेटिए
पाेखरा | चैत २०, २०७९
पोखरा: अमेरिकाको सानफ्रान्सिस्कोमा पोखरा बाटुलेचौरका एक युवा मृत फेला परेका छन् । सानफ्रान्सिस्को डाउन टाउन स्थित ओफारेल स्ट्रिटमा रहेको अपार्टमेण्टमा असमान्य अवस्थामा पोखरा बाटुलेचौर घरभएका सुरेश बाँनिया मृत भेटिएका अमेरिका स्थित नेपाली पत्रकारहरुले सुनगाभा न्यूजलाई जानकारी दिएका छने ।
अमेरिकाको बानिया रेष्टुरेन्टमा सेफका रुपमा कार्यरत २८ वर्षीय सुरेश शनिबार मृत भेटिएका हुन् । उनी सात वर्ष अघि अमेरिका गएका थिए ।
केही समयदेखि उनले मानसिक समस्याको उपचार गर्दै आएको र शनिबार साँझ अपार्टमेण्टमा बस्नेहरुले उनलाई असमान्य अवस्थामा देखेपछि आपतकालिन नम्बर ९११ मा फोन गरेका थिए । त्यसपछि प्रहरीले पोष्टमार्टमका लागि उनलाई अस्पताल लिएर गएको थियो ।
त्यहाँ उनको असमान्य मृत्यु भएकाले उनीसँग चिनजान भएकाले पोखरा स्थित उनको परिवारलाई खबर गरेका थिए । केही समय अघि तीव्र गतिमा गाडी चलाएपछि एक पटक उनलाई प्रहरीले समातेको थियो । मानसिक समस्या रहेको शंका लागेपछि प्रहरीले उनलाई उपचारका लागि सिफारिस गरेको थियो । त्यसपछि उनले नियमित उपचार गराईरहेका थिए ।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

