पोखरामा राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई सम्मान

पाेखरा | चैत २०, २०७९

पोखरामा राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठलाई सम्मान

पोखरा:  पोखरामा राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी) लाई सम्मान गरिएको छ ।

 

नेपालले थ्री नेसन्स कप जितेपछि पहिलोपटक गृह जिल्ला आएका उनलाई स्पार्टस् क्यासल प्रालिले स्वागतसहित सम्मान अर्पण गरेको हो ।

 

पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका स्पार्टस् क्यासलका सञ्चालक इश्वर गुरुङ र विजया गुरुङले फुटबलर श्रेष्ठलाई खादा माला तथा सम्मान पत्रमार्फत बधाई अर्पण गरे । 

 

सो अवसरमा बोल्दै पूर्व राष्ट्रिय फुटबल खेलाडी गुरुङले उदीयमान खेलाडी श्रेष्ठको उज्जल भविष्यको कामना गरे । 

 

उनले श्रेष्ठलाई बाल्यकालदेखि नै हातेमालो गर्दै आएको स्मरण गर्दै अहिले आएर श्रेष्ठ आफ्नो सपना नजिक पुगेको उल्लेख गरे । ‘यिनीहरुलाई मैले सानैदेखि हातेमालो गर्दै आएको छ, उनले भने, ‘थ्री नेसन्स कपमा डेब्यु गर्दै देशको नाममा खेल्ने सपना अहिले आएर पुरा हुदैछ । आगामी दिनमा थप राम्रो गर्न चुनौती पनि छ त्यसका लागि म शुभकामना व्यक्त गर्दछु ।’ 

 

गुरुङले राष्ट्रिय टिममा स्थान बनाइरहनका लागि कडा मेहनत गर्नुपर्ने धारणा राखे ।

‘सुमितको लागि यो अवसर निकै महत्वपूर्ण छ । र त्यतिकै चुनौती पनि छ । किनभने खेलाडीहरु निकै जन्मिरहेका छन् त्यसैले कडा मेहनत र परिश्रमी बन्नु आवश्यक छ’ उनले भने ।
सम्मान ग्रहण गर्दै फुटबलर सुमित श्रेष्ठले आगामी दिनमा थप राम्रो गर्ने हौसला मिलेको बताए । 

 

उनले आफु एउटा सपना नजिक पुगेको बताउदै थप मेहनत गर्ने सुनाए ।  ‘म तपाइहरुकै मायाले यहाँसम्म पुगेको छु । यो सम्मानले मलाई थप जिम्मेवारीको भारी बोकाएको छ, श्रेष्ठले भने, ‘म बोक्न मात्रै तयार छैन । गन्तव्यमा सकुशल अवतरण गराउन पनि तत्पर छु । त्यसैले झन कडा मेहनत गर्ने प्रण गर्दछु ।’

 

उनले आगामी दिनमासमेत आफुलाई साथ र सहगोग गर्न आग्रह गरे । ‘तपाइहरुको माया मेरो एउटा पावर हो जसले गर्दा म सधै छलाङ मार्न सकिरहन्छु, उनले भने ‘त्यसैले साथ र माया दिइरहनु होला ।’

 

सो अवसरमा श्रेष्ठलाई केल्मीको आधिकारिक विक्रेता शोरुमको तर्फबाट राज रम्तेलले आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । 
राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठ जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलीरहेका छन् ।

 

सम्मान कार्यक्रममा बगर भाइखलकका वरिष्ठ उपाध्यक्ष इश्वर गुरुङ, कोषाध्यक्ष रमेश श्रेष्ठ, जुनियर बगर भाइखलकका अध्यक्ष धन बहादुर गुरुङ, एन्फा फुटसल विभागका पूर्व संयोजक विनोद गुरुङ खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बराल लगायतको सहभागिता रहेको थियो । 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्