सामुदायिक सेवा केन्द्र बगरको २० औ वार्षिकोत्सव सम्पन्न
पाेखरा | चैत २०, २०७९
पोखरा: सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले आइतबार आफ्नो २० औ वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा भर्खरै सम्पन्न सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यरुलाई सम्मान तथा बधाइ ज्ञापन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १ का वडाध्यक्ष साहारा प्रधानले सामुदायिक प्रहरी सेवाले गरेका हरेक कार्यक्र उत्कृष्ट रहेको बताए ।
वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिना सामुदायिकले गर्ने हरेक कार्यक्रम आफ्नो कार्यालयको तर्फबाट सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले हरेक उतार चढावक बीच संस्था यो स्थानमा आएको बताउँदै आगामी दिनमा पनि संस्थाले उल्लेखनियक कार्यक्रमहरु गर्नु पर्ने बताउनुभयो ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरकी पूर्व अध्यक्ष तथा सल्लााहकार जीवन अधिकारीले समाजमा हुने विकृति विसंगती रोक्नका लागि संस्थाले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताइन् ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर का अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामभूषण पराजुली र सचिव शिवराज अधिकारीले बोलेका थिए । संस्थाले स्थापना काल देखिनै विकृति विसंगती न्यूनिकरणका लागि सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

