सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा
काठमाडाैं | चैत २०, २०७९
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन्।
सोमबार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कतिपय सञ्चारमाध्यमहरू सरकारकै तर्फबाट सञ्चालन भएतापनी ती सञ्चारमाध्यमहरु भजनमण्डली बन्न नहुने बताएकी हुन्।
उनले त्यसका लागि सरकारले आम सञ्चार ऐन र मिडिया काउन्सिल ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको बताइन्।
‘प्रसारण ऐन पारित भइरहँदा रेडियो नेपाल, नेपाल टेलिभिजनका विषयमा पनि नयाँ वातावरण सिर्जना गछ,’ उनले भनिन्।
मन्त्री शर्माले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन लगायत थुप्रै कानुनहरु अभाव रहेको र कानुन बनाउन मन्त्रालयका विज्ञहरूसँग छलफल गरिरहेको जानकारी दिइन्।
उनले जनतालाई सुसुचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरुलाई सञ्चारमाध्यमहरुले प्राथमिकता दिन जरुरी रहेको बताइन्।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

