चितवन-२ मा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता
काठमाडाैं | चैत २०, २०७९
चितवन: चितवन-२ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्। उनी एमाले चितवनका अध्यक्ष हुन्।
उनले पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।
गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनका लागि उनले चितवन-३ बाट उम्मेदवारी दर्ता गरेका थिए। तर अन्तिम समयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पत्र पठाएर उनको उम्मेदवारी फिर्ता लिएका थिए। एमालेले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्यो। तर उनी पराजित भए।
गत निर्वाचनमा चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार थिए। उनी १४६४७ भोट ल्याएर तेस्रो भए। पोखरेल २०७० र २०७४ सालमा उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत जोड्दा नेकपा एमालेको सबैभन्दा बढी थियो।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

