सुनको मूल्यमा रेकर्ड ब्रेक : तोलाको १ लाख ११ हजार रुपैयाँ
काठमाडाैं | चैत २२, २०७९
काठमाडौँ: सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।
यसअघि चैत ५ गतेको आफ्नै रेकर्ड ब्रेक गर्दै सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । गत चैत ५ गते छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।
अघिल्लो दिनको मूल्यमा आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

