१८ औें फेवा नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा, होटलमा २० प्रतिशत छुट
पाेखरा | चैत २२, २०७९
पोखरा: होटल सङ्घ पोखराले नयाँ वर्षलाई लक्षित गरी आयोजना गरेको १८ औं नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखराको लेकसाइडमा तीन दिनसम्म सञ्चालन हुने नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगको आज (बिहीबार) पत्रकार सम्मेलन गरेर होटल संघ पोखराले जानकारी दिएको हो । यही चैत २९, ३० र वैशाख १ गते पोखरामा १८ संस्करणको फेवा नववर्ष महोत्सव हुँदै छ ।
पत्रकार सम्मेलनमा बोल्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड-१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनःउत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवरद्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको बताए ।
‘कोभिड लगायत विविध कारणले पर्यटन व्यवसाय फस्टाउन सकेको छैन, सुवेदीले भने, ‘पर्यटन क्षेत्रमा परेको असरलाई उकास्न महोत्सवले केही सहयोग पु¥याउँछ भन्ने उद्धेश्यले १८ औं संस्करणको फेवा नववर्ष महोत्सव सञ्चालन गर्दै छौं ।’
उनले कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्र पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको सुस्त गतिमा स्तररोन्नति हुँदा असर गरेको बताए ।
‘कोरोना पछि लयमा आउन लागेको पर्यटन व्यवसाय पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरउन्नतिले असर पु¥याएको छ, उनले भने, ‘पर्यटन क्षेत्रसँगै आर्थिक क्षेत्रमा परेको समस्या समाधान गर्न राज्यले उचित निर्णय लिन आवश्यक छ ।’
पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा चैत २९, ३० र वैशाख १ गते पोखरामा १८ संस्करणको फेवा नववर्ष महोत्सव महोत्सव हुने आयोजकले जनाएको छ । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका होटलले २० प्रतिशतसम्म छुट दिने आयोजकले जनाएको छ ।
पोखरा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...
पोखरा: जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार क्याम्पस परिस...

