उपनिर्वाचनमा गालीगलौज होइन, एजेन्डामा आधारित बहस गरौं: ‌ओली

काठमाडाैं | चैत २३, २०७९

उपनिर्वाचनमा गालीगलौज होइन, एजेन्डामा आधारित बहस गरौं: ‌ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते हुने उपनिर्वाचनका लागि एजेन्डामा आधारित भई बहस गर्नुपर्ने बताएका छन्।

 

उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न उनले आग्रह गरेका हुन्।

 

‌‘उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ फेसबुकमा आज लेख्दै उनले उल्लेख गरेका छन्, ‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु।’

 

उनले गत मंसिरको आमचुनावका बेला पनि आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एजेन्डामा आधारित बहसका लागि आउन आह्वान गरेको उल्लेख गरेका छन्।

 

तर सभापति देउवा बहसका लागि तयार नहुँदा आफ्नो प्रयास सफल हुन नपाएको अध्यक्ष ओलीको भनाइ छ।

 

‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ। चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना,’ उनले भनेका छन्।

 

वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ।

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्