चिनियाँ विदेशमन्त्री र परराष्ट्र सचिव पौड्याल नेतृत्वको टोलीबीच भेटवार्ता

काठमाडाैं | चैत २३, २०७९

चिनियाँ विदेशमन्त्री र परराष्ट्र सचिव पौड्याल नेतृत्वको टोलीबीच भेटवार्ता

काठमाडौं : चिनियाँ विदेशमन्त्री छिन काङ र  परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ। बेइजिङस्थित विदश मन्त्रालयमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको नेपाली दूतावासले जनाएको छ। 

 

भेटमा नेपाल-चीनबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

वार्तामा चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ, नेपालका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा र दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी र उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो। 


नेपाल र चीनबीच भोलि (शुक्रबार) कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक बस्दैछ। बैठकमा सहभागी हुन परराष्ट्र सचिव पौड्यालको नेतृत्वको नेपाली टोली बेइजिङ पुगेको छ। बैठकअघि परराष्ट्र पौड्याल नेतृत्वको टोली विदेशमन्त्री काङसँग भेटवार्ता गरेको हो। 

 

शुक्रबार हुने संयन्त्रको बैठकमा चीनको तर्फबाट विदेश मन्त्रालयका उपमन्त्री सोन् वेतोङले नेतृत्व गर्नेछन्। बैठकमा नेपाल-चीन सम्बन्ध, बिआरआई परियोजनालगायत मुख्य एजण्डा रहेको बताइएको छ। 
 

डोटी: डोटीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ गइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गको जोरायल गाउँपालि...

थप पढ्नुहोस्

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएका छन् ।  फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत ...

थप पढ्नुहोस्

काठमाडौं:   आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ ।  समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले हराउँद...

थप पढ्नुहोस्