विद्यालयको शैक्षिक अवस्था पनि खस्किरहेको भन्दै स्थानीय चिन्तित
पाेखरा | चैत २५, २०७९

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका-१० किम्चे गाउँका बालबालिका कक्षा ९ पढ्न घान्द्रुक जानुपर्छ । किम्चेबाट हिँडेर घान्द्रुक पुग्न एक घण्टा लाग्छ ।
गाउँमै कक्षा ८ सम्म पढाइ हुने जनप्रेमी आधारभूत विद्यालयको शैक्षिक अवस्था पनि खस्किरहेको भन्दै गाउँबासी चिन्तित छन् । ‘शिक्षकलाई गाउँपालिकाबाट अनुगमनमा आउँदामात्रै पढाऊँ है भन्ने छ । तर, कहिलेकाहीँ अनुगमनमा आउँदामात्रै राम्रो पढाउने हो ?’ किम्चेकै विद्या विक भन्छिन्, ‘विद्यदालयमा नियमित अनुगमन गर्दिए राम्रो हुन्थ्यो । विद्यालय व्यवस्थापन समितिमा खिचातानी (राजनीतिक) गर्छौं । कसरी शिक्षा राम्रो बनाउने भन्ने सोच्नुप¥यो ।’
किम्चेमा शुक्रबार आयोजित गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाईमा उनको कुरा सुनेपछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सरकारी विद्यालयमा कमजोरी रहेको स्वीकारे । उनले आफूले कक्षा ८ को नतिजा हेर्दा सन्तोषजनक नभएको र सुधार गर्न विद्यालयका प्रधानाध्यापकलाई भनिसकेको बताए ।
अध्यक्ष केसीले सरकारी विद्यालय बिगार्ने छुट कसैलाई नभएको अध्यक्ष केसीले बताए । ‘हामी एकदिन अनुगमनमा आउँला । तपाईं (अभिभावक) सधैं जानुपर्छ,’ उनले भने, ‘ती विद्यालय हाम्रा सम्पत्ति हुन् । हुने खानेले बोर्डिमा पढाउँछन् । गरिबका बच्चा पढ्ने विद्यालय बिगार्ने, नपढाउने छुट कसैलाई छैन ।’ एउटा विद्यालयको उत्तर पुस्तिका अर्को विद्यालयले परीक्षण गर्न थालेपछि विद्यालयको वास्तविक शैक्षिक अवस्था पत्ता लाग्न थालेको उनले बताए । ‘पहिला आफैं प्रश्न निकाल्थे, कापी जाँच्थे । अहिले पालिकाले कक्षा ५ र ८ को प्रश्न निकाल्छ,’ उनले भने, ‘कापी अर्कै विद्यालयकोले जाँचेपछि अवस्था थाहा भएको छ ।’
कृषक अनिल विकले पशु प्राविधिक आउँदा शुल्क लिने गरेको गुनासो गरे । उनले पशु प्राविधिकलाई पैसा तिर्नुपर्ने हो वा होइन भन्ने जिज्ञासा राखे । जवाफमा पशु सेवा शाखा प्रमुख ऋषिराम दाहालले कृषकसँग छुट्टै औषधि दिएकोबाहेकको शुल्क लिन नमिल्ने बताए । ‘गाउँपालिकाले ३२ थरीका औषधि कृषक दर्ता भएपछि निशुल्क दिन्छ । त्योबाहेक औषधि पशु प्राविधिकले दिए पैसा तिर्ने हो,’ उनले भने, ‘नभए यति पैसा नदिई म आउँदिनँ भन्न मिल्दैन ।’
स्थानीय गमप्रसाद गुरूङले पहिला किम्चे गाउँमै खोप सेवा दिने गरिएको भए पनि अहिले छोडिएको बताए । जवाफमा स्वास्थ्य शाखा प्रमुख ऋषि पौडेलले गाउँमा धेरै बिरामी र सुत्केरी महिला नभएकाले स्वास्थ्यचौकी अर्को ठाउँमा सारेको बताए । ‘औषधि मात्र खेर जाने भयो । सेवाग्राही भए फेरि त्यसलाई स्थापना गर्न समस्या छैन,’ उनले भने ।
कार्यक्रममा ९ जना सहभागीले घान्द्रकु जाने सडक समयमै सक्नुपर्ने, गाउँमा खानेपानी आयोजनाको काम हुन नसकेको, यातायात सुविधा नभएको गुनासो गाउँपालिका नेतृत्वसँग गरेका थिए । जवाफमा अध्यक्ष विष्णुबहादुर केसीले गाउँपालिकाको आफ्नै स्रोत निकै कम भएकाले चाहेअनुसार काम गर्न सम्भव नभएको बताए । ‘जनताले भनेका काम गर्न पाए हुन्थ्यो भन्ने हामीलाई पनि हुन्छ । तर, हामीसँग साधनस्रोत कम छ,’ उनले भने, ‘संघ र प्रदेश सरकारसँग योजनाका लागि बजेट छुट्याइदिन आग्रह गरेका छौं ।’ जनताका काम र समस्या जतिसक्दो छिटो सक्न उनले वडाध्यक्ष र कर्मचारीलाई आग्रह गरे ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँबासीलाई स्वास्थ्य बिमा गर्न आग्रह गरिन् । आफैं बिमा गर्न नसक्नेको हकमा वडाबाट सिफारिस प्राप्त भएमा पालिकाले नै बिमा गर्न लाग्ने शुल्क भुक्तान गरिदिने उनले बताइन् । जुन वडामा जे खेती हुन्छ त्यो ठाउँलाई पकेट क्षेत्र घोषणा गर्ने योजना रहेको उपाध्यक्ष अधिकारीले सुनाइन् । ‘जहाँ जुन किसिमको खेती हुन्छ त्यसलाई पकेट क्षेत्र बनाउने सोच छ । प्राविधिक पठाएर त्यो ठाउँबारे बुझेपछि यो काम अघि बढ्छ,’ उनले भनिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले दोस्रो चौमासिकको कार्य प्रगति प्रस्तुत गरेका थिए । उनले गाउँपालिकाले क्यू–आर कोडबाटै राजस्व तिर्ने व्यवस्था मिलाएको देवकोटाले बताए । ‘इ–सेवा, कनेक्ट आइपीएसबाटै व्यवसाय, मालपोथ लगायतको राजस्व भुक्तानी गर्न मिल्ने गरी गाउँपालिकाको सूचना प्रविधि रोडम्याप बनाउँदै छौं,’ उनले भने ।
६१ जनालाई अपांग परिचयपत्र र ७९ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको अधिकृत देवकोटाले जानकारी दिए । उनकाअनुसार ५७ जना अनाथ विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...