उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं | चैत २६, २०७९

उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर : गाईघाटमा आइतबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

 

 काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे.१.ख.२१८४ नम्बरको ट्रकको ठक्करबाट प्रदेश नं. १–०५–००१ प.६१५९ नम्बरको मोटरसाइकल चालक त्रियुगा नगरपालिका -१४ का ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । 

 

मदन भण्डारी स्मृति लोकमार्गको गाईघाट बजारको मुख्यचौकमा मोटरसाइकल अचानक मोडिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

 

दुर्घटना लगत्तै प्रहरीले चालक झापा कन्काई नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्रराज वंशी र चालकलाई नियन्त्रणमा लिएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक हिमाली यातायात व्यावसायिक केन्द्र गाईघाटका व्यावसायी हुन् । 

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्