कामदार नपाएपछि पोखरा बजारभित्रकै योजना अलपत्र
पाेखरा | चैत २६, २०७९

पोखरा: ठेकेदारले कामदार नपाएपछि पोखरा महानगरपालिका १ को नाला बनाउने योजना अपलत्र परेको छ ।
पोखराको बगरस्थित धोबिगौडादेखि मानसडक जाने सडक किनारको नाला बनाउने कार्य कामदार नपाएपछि गत हप्तादेखि अलपत्र परेको हो ।
सो नाला बनाउने ठेक्का स्काई कन्स्ट्रक्सन एण्ड विल्डर्सले ठेक्का पाएको थियो । ठेक्का पाएको कम्पनीका सञ्चालक मनोज देवकोटाले मजदुर नपाएकाले निर्माणकार्य रोकिएको स्वीकारे ।
उनले पहिलेका कामदारले राम्रो काम नगरेपछि अन्य कामदारको खोजी गरिरहेको बताए । ‘गुणस्तरीय काम गर्छु भनेर ठेक्का लिएको हो । काम गर्न राखेका कामदारले राम्रो काम गरेनन्, सुनगाभा न्यूजसँग देवकोटाले भने, ‘कामदारले राम्रो काम गरेन भने कम्पनीको बदनाम हुन्छ भनेर राम्रो कामदार खोजेको हो त्यसैले नयाँ कामदार खोज्दा ३/४ दिन काम रोकिएको हो ।’
उनले नयाँ कामदार आज (आइतबार) आइपुग्ने बताउदै रोकिएको कामलाई अघि बढाउने बताए ।
यतिमात्र नभएर स्थानीयले नाला बनाउने महानगरको योजनामा विरोध जनाएकाले पनि काम रोकिएको सुनाए । ‘मापदण्ड अनुसार काम गर्नुपर्ने हुन्छ, मापदण्डमा केही दिन स्थानीयको अवरोध रह्यो । निर्माण समितिबाट समस्याको समाधान गरेर काम सुरु भयो, फेरी कामदारले राम्रो गरेनन्, उनले भने, ‘त्यसैले नयाँ कामदार खोज्दा केही दिन काम रोकिएको हो । योजना अलपत्र परेको होइन ।’
स्काई कन्स्ट्रक्सन एण्ड विल्डसले पोखरा महानगरसँग २०७९ फागुन २६ गते पोखरा महानगरपालिका १ धोविगौडा-मानसडकमा नाला निर्माण गर्न ७७ लाख ३३ हजार ९ सय ३० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले सो योजना चालु आर्थिक वर्षको असार १५ भित्र योजना सम्पन्न गर्नुपर्ने सम्झौता छ । तर अबपनि काम गर्न ढिलाई गरेको खण्डमा योजना अधुरै रहने प्रष्ट । त्यसैले काम रोकिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
योजना अलपत्र परेपछि पोखरा महानगरपालिका १ का वडाध्यक्ष सहारा प्रधानले ठेकेदारले योजना निर्माणमा कामदार फेरबदल गर्न लागेपछि काम रोकिएको बताए ।
‘सम्झौता भएर योजना अगाडि बढ्दा ल्याएका कामदारले राम्रो काम गरेन भनेर ठेकेदारले गुनासो गरेपछि कामदार फेर्ने कुरा आएको थियो, वडाध्यक्ष प्रधानले भने, ‘अन्य योजनामा भएका कामदार ल्याएर काम अगाडि बढाउने ठेकेदारसँग कुराकानी भएको छ । फलोअप गरिराखेको छु ।’
उनले ठेकेदारलाई नयाँ कामदार ल्याएर यथाशिघ्र काम अगाडि बढाउन दिर्नेशन दिएको बताए ।
धोविगौडा/मानसडक खण्डमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले योजना अलपत्र हुँदा व्यवसायमासमेत असर परेको गुनासो छ ।
ढोरपाटन: बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व ...
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ ला...
झापा: झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा ग...