रास्वपा सांसदले २ करोड मागेको विषयमा छानबिन हुन्छ: गृहमन्त्री
काठमाडाैं | चैत २७, २०७९
काठमाडौं: उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको विषयमा सार्वजनिक भएको अडिओबारे छानबिन हुने बताएका छन्।
रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्दै स्पष्टीकरणसमेत सोधिसकेको छ। कपुरबोट मिडियाले रास्वपा सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच भएको अडिओ आइतबार सार्वजनिक गरेको थियो।
सोमबार चितवनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले २ करोड मागेको विषयमा छानबिन हुने बताए।
‘२ करोडको कुरा आएको छ, त्यसलाई आधिकारित रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कुनै निष्कर्षमा पुगिसकेका छैनौं,’ गृहमन्त्री श्रेष्ठले भने, ‘तर त्यसले एउटा परिणाम त बाहिर दिइनै सकेको छ।’
उनले यो विषयमा अनुसन्धान एउटा र अर्को विषय भनेको सम्बन्धित पार्टीका नेताहरूले पार्टीलाई पहिला प्रष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए।
रास्वपाले सांसद श्रेष्ठलाई ७२ घन्टे स्पष्टीकरण सोधेको थियो। दोषी पाइएमा सांसद र पार्टी साधारण सदस्यबाट कारबाही गर्ने रास्वपाको चेतावनी छ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

