आज पनि महानगरले उठाएन सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर

काठमाडाैं | चैत २७, २०७९

आज पनि महानगरले उठाएन सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर

काठमाडौं:  काठमाडौं महानगरपालिकाले सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन।

 

शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए।

 

बालेनको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।

 

‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर सिंहदरबारको फोहोर सबै कार्यालयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’

 

यस्तै राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवासमा पनि हिजोदेखि नै फोहोर उठेको छैन।

 

सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।

 

सरकारसँग कुरा नमिलेसम्म फोहोर कुनै पनि भिआइपी एरियाबाट फोहोर नउठ्ने मेयर बालेनका स्वकीय सचिव भूपदेवले बताएका छन्।

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्