मातृभाषा, कला र संस्कृतिको संरक्षण आवश्यक छ: कानूनमन्त्री गाहामगर
पाेखरा | चैत २७, २०७९
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले मगर समुदायको मातृभाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
पोखरामा शनिबार आयोजित मगर कथानक चलचित्र ‘उखान’को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै उहाँले मगरा समुदायको अस्तित्व हराउने बताउदै भाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले मगर समुदायको पहिचानसँग जोडिएका साँकृतिक पक्षहरुको संरक्षण गर्ने जिम्मा युवाको काँधमा आएको बताउनुभयो । ‘मगर समुदायमा भएका रचनाहरुको इतिहासको खोजी गर्ने, संरक्षण र संर्वद्धन गर्ने दायित्व अबको पुस्ताको हो, मन्त्री गाहामगरले भन्नुभयो’ ‘चाहे त्यो कौडा, सोरठी, सालैजो, घाटु लगायत अन्य नाचहरुको इतिहास खोज्ने संरक्षण र संर्वद्धन गर्ने जिम्मा युवाहरुको हो ।’
मन्त्री गाहामगरले भाषा संस्कृतिको संरक्षणमा अब ध्यान दिन नसके मगर मगर्नी हुनुको कुनै अर्थ नरहने उल्लेख गर्नुभयो । ‘मगर समुदायको इतिहास, पहिचान, लिपी, भाषा र संस्कृतिको संरक्षण गर्न युवापुस्तामा शिक्षाको आवश्यक छ, उहाँले भन्नुभयो, ‘पुर्खाले जोगाएको वीरता संरक्षण गर्नु हाम्रो दायित्व हो ।’

उहाँले फरक प्रसंगमा बोल्नुहुदै आदिवासी जनजाति समुदायले राजनीतिक दलहरुले भोटको लागि मात्र प्रयोग गरेको भन्दै नेतृत्वका लागि अब प्रतिस्पर्धामा आउन आग्रह गर्नुभयो । ‘जुनसुकै राजनीतिक पार्टीले जनजाति समुदायलाई भोटको लागि मात्र प्रयोग गरेको पाइन्छ, उहाँले भन्नुभयो, ‘मुख्य प्रतिस्पर्धामा किन लिन चाहँदैनन्, मुलुकको समृद्धिको लागि अब जनजाति समुदायले नेतृत्व गर्न आवश्यक छ ।’
यस्तै मगर कथानक चलचित्र ‘उखान’का निर्देशक मेक आलेमगरले चलचित्र प्रर्दशनबाट संकलित रकम साामाजिक कार्यमा खर्च गर्ने बताउनुभयो । ‘चलचित्र प्रर्दशनबाट आएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य हो । उखान चलचित्रले मगर समुदायका भाषाको आवश्यक छ र सबैले मगर समुदायले भाषाको संरक्षण गर्नुपर्ने सन्देश दिएको छ,’ उहाँले भन्नुभयो ।
एक्सन फिल्मसको ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ काठमाडौंको राष्ट्रिय नाचघर जमलमा माघ १८ गते र पोखरामा गत शनिबार प्रदर्शन भएको हो ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

