मातृभाषा, कला र संस्कृतिको संरक्षण आवश्यक छ: कानूनमन्त्री गाहामगर
पाेखरा | चैत २७, २०७९

पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशनबहादुर गाहामगरले मगर समुदायको मातृभाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
पोखरामा शनिबार आयोजित मगर कथानक चलचित्र ‘उखान’को विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै उहाँले मगरा समुदायको अस्तित्व हराउने बताउदै भाषा, कला, धर्म, संस्कृति र रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले मगर समुदायको पहिचानसँग जोडिएका साँकृतिक पक्षहरुको संरक्षण गर्ने जिम्मा युवाको काँधमा आएको बताउनुभयो । ‘मगर समुदायमा भएका रचनाहरुको इतिहासको खोजी गर्ने, संरक्षण र संर्वद्धन गर्ने दायित्व अबको पुस्ताको हो, मन्त्री गाहामगरले भन्नुभयो’ ‘चाहे त्यो कौडा, सोरठी, सालैजो, घाटु लगायत अन्य नाचहरुको इतिहास खोज्ने संरक्षण र संर्वद्धन गर्ने जिम्मा युवाहरुको हो ।’
मन्त्री गाहामगरले भाषा संस्कृतिको संरक्षणमा अब ध्यान दिन नसके मगर मगर्नी हुनुको कुनै अर्थ नरहने उल्लेख गर्नुभयो । ‘मगर समुदायको इतिहास, पहिचान, लिपी, भाषा र संस्कृतिको संरक्षण गर्न युवापुस्तामा शिक्षाको आवश्यक छ, उहाँले भन्नुभयो, ‘पुर्खाले जोगाएको वीरता संरक्षण गर्नु हाम्रो दायित्व हो ।’
उहाँले फरक प्रसंगमा बोल्नुहुदै आदिवासी जनजाति समुदायले राजनीतिक दलहरुले भोटको लागि मात्र प्रयोग गरेको भन्दै नेतृत्वका लागि अब प्रतिस्पर्धामा आउन आग्रह गर्नुभयो । ‘जुनसुकै राजनीतिक पार्टीले जनजाति समुदायलाई भोटको लागि मात्र प्रयोग गरेको पाइन्छ, उहाँले भन्नुभयो, ‘मुख्य प्रतिस्पर्धामा किन लिन चाहँदैनन्, मुलुकको समृद्धिको लागि अब जनजाति समुदायले नेतृत्व गर्न आवश्यक छ ।’
यस्तै मगर कथानक चलचित्र ‘उखान’का निर्देशक मेक आलेमगरले चलचित्र प्रर्दशनबाट संकलित रकम साामाजिक कार्यमा खर्च गर्ने बताउनुभयो । ‘चलचित्र प्रर्दशनबाट आएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य हो । उखान चलचित्रले मगर समुदायका भाषाको आवश्यक छ र सबैले मगर समुदायले भाषाको संरक्षण गर्नुपर्ने सन्देश दिएको छ,’ उहाँले भन्नुभयो ।
एक्सन फिल्मसको ब्यानरमा निर्माण भएको मगर कथानक चलचित्र ‘उखान’ काठमाडौंको राष्ट्रिय नाचघर जमलमा माघ १८ गते र पोखरामा गत शनिबार प्रदर्शन भएको हो ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...