मिटरब्याज पीडितको समस्या समाधानबारे संसदलाई जानकारी गराउन माग
काठमाडाैं | चैत २७, २०७९
काठमाडौं: नेकपा (एमाले)का सांसद डा. बिमला राई पौडेलले मिटरब्याज पीडितको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।
मिटरब्याज पीडितको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भइरहेको छ ? भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाइ छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै उहाँले मिटरब्याज पीडितको समस्या समाधानका लागि आफूहरुले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाइ भएजस्तो नलागेको पनि बताउनुभयो ।
सांसद पौडेलले भन्नुभयो, ‘‘गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । मिटरब्याज पीडित काठमाडौंमा आउनुभयो । धर्ना बस्नु भयो । सरकारलाई दुःख पनि देखाउनु भयो । सांसदहरुसँग पनि भेटनु भयो । हामीले संसदमा कुरा पनि उठायौं । वार्ता समिति बन्यो । अव के भयो ? हामी कहाँ छौं ? त्यो समस्या समाधान भयो कि भएन ? त्यो विषयमा गृह मन्त्रालयले हामीलाई एक चोटी भनिदिए हुन्थ्यो भन्ने अनुरोध छ ।’’
सांसद पौडेलले मिटरब्याज पीडितको दुःखमा साथ दिने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताउनुभयो ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

