नेप्सेमा समान्य वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडाैं | चैत २७, २०७९

नेप्सेमा समान्य वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं: सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । लगातार घट्दो क्रममा रहेको बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन भने ५.५४ अंकले वृद्धि हुँदा १८४४.०२ बन्द भएको छ ।

 

बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने घटेको छ । सोमबार होटल तथा पर्यटन उपसूचक १.७१ प्रतिशत र व्यापार उपसूचक १.३० प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक भने ०.११ प्रतिशतले गिरावट भएको हो ।

 

नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको बजारमा सोमबार ९१ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ३५ हजार ५४९ वटा कारोबारमा २९ लाख ६० हजार ८६३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

 

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ८४ लाखको कारोबार हुँदा सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६६ लाख र एनआईसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 

सोमबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १३२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ७७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ । जसमध्ये नेप्सेमा सूचीकृत भई सोमबारदेखि कारोबार सुरु भएको सानिमा मिडिल तमोर हाइड्रोपावर सेयरमूल्य १० प्रतिशत र कालिञ्चोक दर्शनको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.८८ प्रतिशतले वृद्धि भएको छ ।

 

ग्लोबल आईएमई लघुवित्तको सेयरमूल्य ६.५४ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२५ प्रतिशत र इस्टन हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले गिरावट भएको छ ।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्