डा. ढाकाकुमारको अर्को अडिओ रेकर्ड पनि सार्वजनिक
पाेखरा | चैत २७, २०७९
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ।
आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।
ढाकाकुमारले आइतबारको अडिओ सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको कपुरबोटले उल्लेख गरेको छ।
दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै ढाकाकुमारले गौतमलाई फोन गरेको उक्त अडिओमा सुनिन्छ। तर फोनमा बोल्ने व्यक्तिले आफू गाडीमा भएको भन्दै 'भरे कुरा गरौंला' भनेर फोन काटेका छन्।
अहिले सार्वजनिक भएको अडियोमा के छ ?
सार्वजनिक अडिओको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंलाई फोन गरेका छन्। प्रसाईंले उनलाई तपाईं ढाकाकुमारको भाइ हो भनेर सोध्छन्।
उनले हो भन्छन्।
यसपछि प्रसाईंलाई फोन गर्ने व्यक्तिले 'दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो' भन्छन्।
दुर्गा प्रसाईंले यसमा मैले के गर्नुपर्छ त भन्नु न भनेर सोध्छन्।
'मैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन। माग्न लाउनेको पो गल्ती हो त।बरू मैले कसरी सहयोग गर्न सक्छु भन्नु न,' प्रसाईंले भनेका छन्।
फोनमा ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, 'जे भए पनि दाइले बीचमा पारे क्यार। लाटो सोझो मान्छेलाई बीचमा पारे। हजुरले बुझिदिनुपर्यो। दाइले एकपटक भेट्ने भन्नुभएको छ।'
प्रसाईं भन्छन्, 'म वीरगन्जमा छु। बेलुकी भेट्न भनिदिनु। वीरगन्जमा लघुवित्तको कार्यक्रममा छु। लघुबित्त, बैंक र सहकारीले सके। रवि लामिछानेहरू यस्तै हो, लुट्न गएका छन् त्यहाँ। अब तपाईंले बुझिहाल्नुभयो।'
उनले थप भनेका छन्, 'मलाई एउटा कुरा चित्त नबुझेको। सांसद बनाउँदा पनि पैसा लिने र मन्त्री बनाउँदा पनि पैसा लिने। पार्टी अध्यक्षहरूको कुरा चित्त बुझेन।'
फोनमा बोल्ने व्यक्ति भन्छन्, 'अब यो त दाइहरूको कुरा भयो। म बुझ्दिनँ क्यार। मलाई त दाइले एकचोटि कुरा गर न त भन्नुभएको थियो।'
यो अडिओसँगै ढाकाकुमारका भाइ भन्ने व्यक्तिको भिडिओ पनि कपुरबोटले सार्वजनिक गरेको छ।
आइतबारको अडिओ सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमारसँग ७२ घन्टे स्पष्टीकरण सोधेको थियो।
देवकोटाका अनुसार सांसद ढाकाकुमारले आफ्नो स्पष्टीकरणमा अडिओमा आफ्नो आवाज नभएको बबताउदै आएका छन् ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

