मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ
काठमाडाैं | चैत २८, २०७९
नुवाकोट : मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ परेकी छन्।
जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेकी नुवाकोटको शिवपुरी गाउँपालिका-१ की ४० वर्षीया सोनाम भनिने हेरिङ डोल्मा तामाङ पक्राउ परेकी हुन्।
२०७३ वैशाख ३ गते भारत लगेर बिक्री गरेको विषयमा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। पक्राउ परेकी तामाङ विरुद्ध मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
सात वर्ष अगाडि पीडितलाई पटक-पटक फोन गरी भक्तपुरको सूर्यविनायक चोकमा ललाईफकाई गरी ट्याक्सी चढाई हेंटौडा पुर्याएको र त्यसपछि इलामको पशुपतिनगर नाका हुँदै भारतको मुनिरका भन्ने स्थानमा पुर्याइएको र कोठीमा बिक्री गरेको खुलेको प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए।
अर्का दोषी सिन्धुपाल्चोक रामचेका कुमार तामाङलाई गत २०७५ कार्तिक १४ गतेको अदालतको फैसलाले २० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएकोमा उनले कैद भुक्तान गरिरहेको नुवाकोट प्रहरीले जनाएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

