पिएन स्ववियु निर्वाचनको सम्पर्क कार्यालयमा ताला, सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्न माग

पाेखरा | चैत २८, २०७९

पिएन स्ववियु निर्वाचनको सम्पर्क कार्यालयमा ताला, सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्न माग

पोखरा:  सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाहीको माग गर्दै पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पर्क कार्यालयमा केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । 


त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार चैत ५ गते स्ववियु  निर्वाचन हुन नसकेपछि बैशाख ३ गते क्याम्पसले घोषणा गरेको निर्वाचन मितिमा असहमति जनाउँदै चार विद्यार्थी संगठनले स्ववियु निर्वाचन सम्पर्क कार्यालयमा पुनः तालाबन्दी गरेका हुन् । 


तालाबन्दी गर्दै अखिल क्रान्तिकारी विप्लवका पिएन क्याम्पस अध्यक्ष सचिन सीले लोकतन्त्रमा निष्पक्ष निर्वाचन हुन नसकेको सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्दै तालाबन्दी गरेको बताए । 


‘लोकतन्त्रमा पनि स्ववियु निर्वाचन निष्पक्ष रुपमा क्याम्पस प्रशासनले गराउन सकेन, क्याम्पसबाट सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही हुनपर्छ भन्ने हाम्रो माग हो, सीले भने, ‘कुनै राजनीतिक दलको दवावमा क्याम्पस प्रशासनले सहमति विपरित निर्वाचनको तालिका निकाल्नु हाम्रो माग विपरित हो त्यसैले सम्पर्क कार्यालयमा तालाबन्दी गरेका हौं ।’


अनेरास्ववियू, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी सयुक्त र अखिल छैठौले सयुक्त रुपमा विज्ञप्ती निकाल्दै तालाबन्दी गरेका हुन् । 


सयुक्त रुपमा चार विद्यार्थी संगठनले विज्ञप्ती जारी गर्दै प्रथम वर्षको परीक्षालाई असर पर्ने गरी निर्वाचन तालिका निकालिएको , क्याम्पस प्रशासन, स्ववियु निर्वाचन समितिले एकलौटी र मनोमानी रुपमा स्ववियु निर्वाचनको मिति घोषणा गरेको आरोप लगाइएको  छ ।  सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग समेत चार विद्यार्थी संगठनले राखेका छन् । 


उनीहरुले स्ववियु निर्वाचन समिति प्रमुख विकास केसी र सदस्य सचिव बोधराज ढकालको भूमिका शंकास्पद र गैरजिम्मेवारी रहेको भन्दै निर्वाचन तालिका खारेज गरी निर्वाचन प्रक्रिया नरोक्किनेजेल सम्म क्याम्पस प्रशासन र निर्वाचन सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हुन् ।
 

क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यालयमा तालाबन्दी नखुलेपछि बिबिए भवनमा सम्पर्क कार्यालय स्थापना गरेको थियो । चार विद्यार्थी संगठनले सोही सम्पर्क कार्यालयमा समेत तालाबन्दी गरेका छन् । 


 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्