लिङ्देनले गरे ८४ औं पटक रक्तदान

काठमाडाैं | बैशाख १, २०८०

लिङ्देनले गरे ८४ औं पटक रक्तदान

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज रक्तदान कार्यक्रम गरेको छ।

 

नयाँ वर्षका अवसरमा गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हुन्।

 

लिङ्देनले आज ८४ औं पटक रक्तदान पनि गरेका छन्। लिङ्देनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई नयाँ वर्षका अवसरमा शुभकामनासमेत दिएका छन्।

 

कार्यक्रममा राप्रपा महामन्त्री धवलशम्शेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा लगायतले पनि रक्तदान गरेका थिए।

 

५७ जनाले आज रक्तदान गरेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले जनाएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्