नयाँ वर्ष मनाउन गएका एक युवकको खोलामा डुबेर मृत्यु

काठमाडाैं | बैशाख १, २०८०

नयाँ वर्ष मनाउन गएका एक युवकको खोलामा डुबेर मृत्यु फाइल तस्बिर

काठमाडौं:  नयाँ वर्ष मनाउन गएका रूपन्देहीका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ।

 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो।

 

प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए।

 

साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए।

 

पोखरीमा खस्नेबित्तिकै उनको उद्धार गरिएको थियो।

 

उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। सिद्धार्थ राजमार्गको छेवैमा रहेको भुतखोलामा नुहाउने क्रममा हरेक वर्षजस्तो मानिसको मृत्यु हुने गर्छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्