ट्राफिक नियम उल्लघंन गर्नेबाट १ अर्ब ४२ करोड राजस्व संकलन

काठमाडाैं | बैशाख १, २०८०

ट्राफिक नियम उल्लघंन गर्नेबाट १ अर्ब ४२ करोड राजस्व संकलन फाइल तस्बिर

काठमाडौंः ट्राफिक नियमको पालना नगर्ने झण्डै १९ लाख ४२ हजार सवारीधनीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

 

महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८।०७९ मा ट्राफिक नियमको पालना नगर्ने १९ लाख ४१ हजार ७५८ सवारीधनीहरूलाई कारबाही गरेको हो । कारबाहीबाट १ अर्ब ४१ करोड ८९ लाख २६ हजार जरिवाना राजस्व असुली भएको छ ।

 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारीचालकले तोकिएका नियम पालना गर्नुपर्ने व्यवस्था छ । ट्राफिक पदमा जनशक्ति अपुग भएका कारण अन्यत्रबाट १ हजार ३३५ जना काजमा ल्याएको कारण ३ हजार ९३५ जना ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापन कार्यमा संलग्न रहेका छन् । गत वर्षको तुलनामा सवारी नियमको पालना नगर्नेको प्रतिशत १८.३७ ले बढेको छ ।

 

यो वर्ष सवारी नियम पालना नगर्ने मादक पदार्थ सेवकलाई ५४ हजार ८८७ पटक तीव्रगतिमा सवारीसाधन चलाउनेलाई २६ हजार ३५९ पटक लेन अनुशासन पालना नगर्नेलाई १३ हजार ८९३ पटक कारबाही भएको छ ।

 

सवारीसाधनको प्रकृतिअनुसार मोटरसाइकल चालकले ६ लाख २२ हजार ४५५, ट्रक / ट्याकंर चालकले ५ लाख ७ हजार ४९५ कार, जीप, भ्यान चालकले ४ लाख १९ हजार ९१५ पटक सवारी नियमको पालना गरेका छैनन् । 

 

सवारी नियमको पालनामा कमजोरी रहेको र नियमको पालना नहुँदा सडक दुर्घटनामा समेत वृद्धि हुँदै आएको देखिँदा आवश्यकताअनुसार ट्राफिक दरबन्दीको व्यवस्था गरी सडक अनुशासन पालनामा कडाई गर्नुपर्ने देखिएको छ ।

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्