रविले भने ‘चालक दुर्घटनाको विषयलाई राजनीतिकरण नगरिदिनुहोला’
काठमाडाैं | बैशाख ४, २०८०
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना गाडी चालक दुर्घटनाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । सोमबार दिउँसो फेसबुकमार्फत उनले चोटका बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक नछर्न आग्रह गरेका छन् ।
रवि लामिछानेका गाडी चालक शम्भु भनिने दिलबहादुर थापा आइतबार राति छतबाट खसेर गम्भीर घाइते भएका छन् । उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रविले विहानैदेखि आफूले निरन्तर रुपमा चालकको स्वास्थ्य अवस्थाको विषयमा परामर्श गरिरहेको र अहिले अवस्थामा सुधार भएको बताएका छन् ।
यस्तो बेला आफूसँग भन्ने कुनै शब्द नभएको भन्दै रविले लेखेका छन्, ‘म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला ।’
रविले अगाडि लेखेका छन्, ‘‘मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनुहोला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला ।’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

