मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य

काठमाडाैं | बैशाख ५, २०८०

मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य

काठमाडौं:    मलेसियाले एसिसी प्रिमियर कपको पहिलो खेलमा घरेलु टोली नेपाललाई २ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।


मलेसियाका कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगदान दिए । मलेसियालाई ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । गुलशन झाको बलमा कभरमा सट खेल्ने धुनमा आमिर १७ रनमा दीपेन्द्रसिंह ऐरीबाट सहज क्याच आउट भएका थिए ।


उनले १८ बलमा ३ चौका प्रहार गरे । दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले १ सय १६ रनको शतकीय साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । स्पिनर सन्दीप लामिछानेले ३४ औं ओभरको दोस्रो बलमा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए ।


युवा ब्याटर विरनदीप ९४ बलमा २ चौकासहित ४६ रनमा आउट भए । उनी स्पिनर ललित राजवंशीको ३८ औं ओभरको पहिलो बलमा सोमपाल कामीबाट क्याच हुन पुगेका थिए । पछिल्लो समय नेपालमा टि२० फ्रेन्चाइज लिग खेल्दै आएका विरनदीप नेपालविरुद्ध संयमित ब्याटिङ गर्दै आउट भएका थिए ।


विरनदीपले २०२१ मा एभरेष्ट प्रिमियर लिग चितवन टाइगर्सबाट खेलेका थिए । गतवर्ष नेपाल टि२० लिग विरनदीपले काठमाडौं नाइट्सबाट खेलेका थिए । तल्लोक्रमका खिजर हायत २५ बलमा १ चौका र १ छक्कासहित २२, सैयद अजिज १३ र विजय उन्नी १२ रनमा आउट भए ।


सोमपाल कामीले ४७ औं ओभरको दोस्रो बलमा खिजर हायतलाई लङअनमा भीम सार्कीबाट उत्कृष्ट क्याच गराए । लगत्तै अर्को बलमा फिट्री सामलाई बोल्ड गरेका थिए । ह्याट्रिक बलमा सैजरुलले लेग साइडमा चौका हानेका थिए । सैजरुल १३ बलमा १ चौका र २ छक्कासहित २१ रनमा आउट भए ।


नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ९ ओभरमा ४० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । ललितनारायण राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।


सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले ५ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर १ विकेट लिए ।

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्