बाघको आक्रमणबाट दुई जना घाइते

हेटौंडा | बैशाख ६, २०८०

बाघको आक्रमणबाट दुई जना घाइते तस्बिर फाइल

हेटौँडा:    कवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १५ सएफुटस्थित चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।


बुधबार बिहान घरबाट करिब दुई सय मिटर पर रहेको चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रहरीका अनुसार बाघको आक्रमण परी घाइते हुनेमा हेटौँडा १५ का वर्ष १७ का सुमन घलान र वर्ष ६५ का कृष्णबहादुर थिङ रहनुभएको हो ।


घलानको दाहिने कुम, ढाडको बायाँ साइड र छातीमा टोकेको र अवस्था मध्यम रहेको छ । 


यस्तै, थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर छ । दुवै जनाको हेटौँडा अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्