आइपिएलमा राजस्थानको शीर्षस्थान कायमै

पाेखरा | बैशाख ७, २०८०

आइपिएलमा राजस्थानको शीर्षस्थान कायमै

इन्डियन प्रिमियर लिग (आइपिएल)को अंकतालिकामा राजस्थान रोयल्सको शीर्षस्थान कायम छ।  गएराती लखनउसँगको हारका बाबजुद राजस्थानले शीर्षस्थान कायम राखेको हो। विजयी लखनऊ ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ। 

 

समानअंक भएपनि रनरेटका आधारमा राजस्थान शीर्ष स्थानमा छ।  गएरातीको खेलमा राजस्थान लखनऊसँग १० रनले पराजित भएको थियो।

 

१५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४४ रनमात्रै बनाउन सक्यो। राजस्थानका लागि ओपनर यशवी जैसवालले सर्वाधिक ४४ रन बनाए। उनले ३५ बलमा ४ चौका र २ छक्का हाने। 

 

४० रनको योगदान गरेको अर्का ओपनर जोस बट्लरले  ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

 

त्यस्तै देवदत्त पाडिकलले २१ बलमा  ४ चौका प्रहार गर्दै  २६ रनको योगदान गरे। रियान परागले नटआउट १५ रन बनाए। 

 

बलिङमा लखनऊका अवेश खानले सर्वाधिक तीन विकेट लिँदा मार्कस स्टोइनिसले दुई विकेट लिए।  टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनायो।

 

लखनऊका केली मेयर्सले अर्धशतक बनाए। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन बनाए। 

 

कप्तान केएल राहुुलले  ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए। मार्कस स्टोइनिस र निकोलस पुरनको २१ र २९ रनको योगदान रह्यो।  बलिङतर्फ राजस्थानका रविचन्द्रन् अश्विनले दुई विकेट लिए। ट्रेन्ट बल्ट, सन्दीप शर्मा र जेसन होल्डरले एकएक विकेट लिए।

पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ ।   वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार अन्दाजी २०/२५ वर्ष जस्तो देखिने...

थप पढ्नुहोस्

अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।   उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हाे ।   उनले आसन्न निर्वाचनलाई लक्षित गर्दै आज (आइतबार) देखि अनिश्चितकालका ...

थप पढ्नुहोस्

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्