ख्वप कलेजको दोस्रो राष्ट्रिय सम्मेलन सुरु
काठमाडाैं | जेठ २९, २०७९
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले व्यवस्थापन मजबुद नहुँदा देशको विकासले गति लिन नसकेको बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज देकोचाको आयोजनामा आजदेखि सुरु भएको आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले देश विकासमा आर्थिक व्यवस्थापन मजबुद हुनपर्ने बताउनुभयो ।
विजुक्छेंले पञ्चवर्षीय विकास योजना सबैभन्दा पहिला रुसबाट सुरु भएको चर्चा गर्दै नेपालमा आफ्ना देशका विज्ञको बेवास्ता गर्दै विदेशीको सल्लाह लिएर योजना बनाउँदा देश विकासमा अगाडि नबढेको आरोप लगाउनुभयो ।
मोहियानी हक नदिइ कमैयामुक्त घोषणा गरेर जमिन्दारलाई मात्रै फाइदा पुगेको भन्दै उहाँले मुक्त भएपछि कमैयाले खानसमेत नपाएकाले उनीहरुलाई मोहियानी हकको व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कजेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, उपप्रमुख एवं कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशी, बागमती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकमार फुँंयाल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्रा डा धु्रवकुमार गौतम, ख्वप इञ्जिनीयरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले व्यवस्थापनको महत्वमाथि चर्चा गर्नुभयो ।
कार्यक्रममा आयोजक कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई प्राविधिक सेसन हुने र दोस्रो दिन चार प्राविधिक सेसन हुने बताउनुभयो । सम्मेलनमा ४० जनाभन्दा बढी सहभागीले कार्यपत्र प्रस्तुत गरी छलफल गरिने बताउनुभयो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

