रहेनन् एमाले नेता तथा पूर्वसांसद थापामगर

पाल्पा | जेठ २९, २०७९

रहेनन् एमाले नेता तथा पूर्वसांसद थापामगर

पाल्पा:   नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा जिल्ला क्षेत्र नम्बर १ का पूर्वसांसद भद्रबहादुर थापामगरको निधन भएको छ ।  ७० वर्षिया थापामगरको शनिबार बिहान रामपुर नगरपालिका वडा नम्बर १० स्थित आफ्नै निवासमा निधन भएको हो परिवारले जनाएको छ ।
 

थापामागर विगत ५ वर्षदेखि मुटुको रोगी थिए । 

 

को थिए थापामगर?

स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहेका थापा २०४७ सालमा संविधान जारी भएपछि २०४९ को स्थानीय तह चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष भएका थिए । त्यसपछि उनी २०५४ मा पुनः साविकको वडा नम्बर ४ को अध्यक्षमा निर्वाचितसमेत भएका थिए । त्यसपछि भने उनी पाल्पा जिल्ला विकास समितिको उपसभापति भएका थिए ।

 

२०५६ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका विजयराज घिमिरेलाई हराउँदै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । वर्तमान सांसद दलबहादुर राना भने त्यतिबेला नेकपा मालेबाट उम्मेदवार बनेका थिए । उनी तेस्रो स्थानमा थिए ।

 

२०६४ सालमा अन्तरिम विधायिका सदस्य रहेका थापा पछिल्लो समय भने एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यको भूमिकामा थिए ।  मृतक थापा मगरका श्रीमती, एक छोरा र एक छोरी छन् ।
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्