पोखरा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर ६० वर्षीय दासको मृत्यु

पाेखरा | बैशाख ७, २०८०

पोखरा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर ६० वर्षीय दासको मृत्यु Photo Sandip Paudel

पोखरा:    पोखरा महानगरपालिका-३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 


पोखरा ३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा आज साँझ डोजर अनियन्त्रित भएर दुर्घना हुँदा डोजरका चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । डिएसपी बिकका अनुसार पोखरा महानगर १५ रामबजार बस्ने मुसाफिरको घटनास्थलमै मृत्यु भएको हो ।


घटनाको थप अनुसन्धान गर्न कास्की प्रहरीको टोलि अहिले लामेआहालस्थित ल्याण्डफिल साइट दुर्घटना स्थल पुगेको कास्की प्रहरीले जनाएको छ ।
 

पोखरा:   जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्र...

थप पढ्नुहोस्

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...

थप पढ्नुहोस्