पोखरामा बसको टेलिभिजन चोरी गर्ने बिनोद प्रकाउ
पाेखरा | बैशाख ७, २०८०
पोखरा: पोखरामा पार्किङ गरेर राखेको बसको टेलिभिजन चोरी गर्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ४ गैह्रपाटनमा पार्किङ गरेर राखेको ग १ ख ८९७४ नम्बरको बसमा राखिएको एलजी कम्पनीको ४२ ईन्चको टेलिभिजन १ थान , स्पिकर १ थान र १ थान क्यासेट चोरी गरेको आरोपमा धादिङ जिल्ला भएर पोखरा ४ बस्ने २६ वर्षीय बिनोद परियारले कास्की प्रहरीले प्रकाउ गरेको हो ।
चोरी आरोपमा प्रकाउ परेका परियारलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा दिन ५ को म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । परियारले चोरी गरेको टेलिभिजन छिमेकीलाई बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

