नेपाल भारत टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा
पाेखरा | बैशाख ११, २०८०
पोखरा: नेत्रहीन क्रिकेट संघको आयोजनामा भोलि देखि पोखरामा सुरुहुने नेपाल भारत दुइपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको छ ।
नेत्रहीन क्रिकेट संघले आज (सोमबार) पोखरामा पत्रकार सम्मेलन गर्दै भोलि देखि हुने नेपाल भारत दुइपक्षीय टी-२०ष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको संघका महासचिव अमृत बरालले बताए ।
‘नेत्रहीन क्रिकेट संघको आयोजनामा मंगलबार देखि पोखरामा सुरुहुने नेपाल भारत दुइपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको छ, महासचिव बरालले भने, ‘१२ र १३ गते पोखरामा प्रतियोगिता सञ्चालन हुनेछ भने १५, १६ र १७ काठमाडौंको मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुन्छ ।’
उनका अनुसारको सिरिजको विजेताले ७५ हजार उपविजेताले ४५ हजार र प्लेयर द म्याचले ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
नेपाली टोली भगवती भट्टराई बराल र भारतीय टोली सुष्मा पट्टेलको कप्तानीमा मैदानमा उत्रदैंछ । दुवै टोलीका कप्तानले खेल्न आफूहरु तयार रहेको बताएका छन् ।
नेत्रहीन क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बैशाख १७ गतेसम्म चल्नेछ । विगत ११ वर्षदेखि दृष्टिविहीन महिला क्रिकेट टोली सक्रिय रुपमा खेलिरहेका छन् । जसमा सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय खेल जितेको थियो ।
क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट दृष्टिविहीन खेलाडीले क्रिकेट खेल्छन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ मा मध्यम दृष्टि र बी ३ न्यून दृष्टि भएका खेलाडी हुन्छन् ।
नेत्रहीन क्रिकेट संघले प्रतियोगिताका लागि विगत एक महिनादेखि नै पोखरामा बन्द प्रशिक्षणमा थिए भने २२ सदस्यीय भारतीय टोली सोमबार पोखरा आइपुगेका हुन् ।
नेपाली टोली
भगवती भट्टराई (कप्तान), गीता पौडेल, प्रतिभा राई, माया लुंगेली, सुस्मा तामाङ, मुना अर्याल, रिता थापा, मनकेशरी चौधरी, कान्ति योगी, सरिता घिमिरे, बिनिता मगर सोमाई, विनिता पुन, विमला राई, निशा चौधरी र दिल्लीशरा धमला
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही मंसिर १ देख...
पोखरा: पोखरा उद्योग वाणिज्य संघले यही मंसिर १७ देखि २१ गतेसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको २०८२ पोखराको आयोजना गर्ने भएको छ । आयोजक संस्था प...
काठमाडौं: भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ भने नेपालले पहिलो खेलमा इंल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलब...

