पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक, बागलुङका पाँच जना खेलाडी

पाेखरा | बैशाख १३, २०८०

पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक, बागलुङका पाँच जना खेलाडी

पोखरा:   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले  प्रदान गर्ने ‘सातौ संस्करणको पोखरा स्पोर्टस अवार्ड २०७९’ का लागि ४ विधाको मनोनयन सार्वजनिक गरेको छ । 


मञ्चले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै  वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक गरि ४ विधाको मनोनयन सार्वजनिक गरेको हो । 


सार्वजनिक गरेको वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटबाट बागलुङका करण केसी, आर्चरीबाट तनहुँका गंगा बहादुर कुँवर र टेनिसबाट कास्कीका प्रदिप खड्का मनोनयन परेका हुन् । 


यस्तै वर्ष खेलाडी महिलातर्फ आर्चरीबाट बागलुङकी रोजिना थापामगर, फुटबलबाट लमजुङकी सावित्रा भण्डारी ९साम्बा० र आइटिएफ तेक्वान्दोबाट बागलुङकी सुस्मिता थापामगर छनोट भएकी हुन् । 


यस्तै उदियमान खेलाडीतर्फ भलिवलबाट बागलुङका रवि केसी, फुटवलबाट कास्कीका सुमित श्रेष्ठ र क्रिकेटबाट बागलुङका सुवास भण्डारी मनोनयनमा परेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए । 


यस्तै उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीबाट स्याङ्जाका किशोर कुमार गुरुङ (केके), लनटेनिसबाट कास्कीका निरज थापा र आइटिएफ तेक्वान्दोबाट कास्कीका सुरज सुनार मनोनयमा परेका हुन् । 


कुल ७ विधा मध्ये बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गर्ने मञ्चले जनाएको छ । 


वर्ष खेलाडी पुरुष तथा महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी, वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबले जनही ३५ हजार र ट्रफी पाउनेछन् ।  लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गर्ने मञ्चले जनाएको छ । 

 

उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गर्ने मञ्चका महासचिव पौडेलले बताए । 


अवार्ड कार्यक्रम सम्पन्न गर्न ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र सो खर्च व्यवस्थापनको लागि ३५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष दीननाथ बरालले बताए । बचत भएको रकम पत्रकार कल्याणकारी अक्षयकोष तथा वृत्ति विकासका तालिममा खर्च गर्ने अध्यक्ष बरालले उल्लेख गरे । 


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वैशाख २३ गते पोखरामा सातौं संस्करणको पोखरा स्पोर्टस अवार्ड २०७९’ मूल समारोहकाबीच अवार्ड वितरण गर्दै छ ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्