पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक, बागलुङका पाँच जना खेलाडी

पाेखरा | बैशाख १३, २०८०

पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक, बागलुङका पाँच जना खेलाडी

पोखरा:   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले  प्रदान गर्ने ‘सातौ संस्करणको पोखरा स्पोर्टस अवार्ड २०७९’ का लागि ४ विधाको मनोनयन सार्वजनिक गरेको छ । 


मञ्चले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै  वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक गरि ४ विधाको मनोनयन सार्वजनिक गरेको हो । 


सार्वजनिक गरेको वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटबाट बागलुङका करण केसी, आर्चरीबाट तनहुँका गंगा बहादुर कुँवर र टेनिसबाट कास्कीका प्रदिप खड्का मनोनयन परेका हुन् । 


यस्तै वर्ष खेलाडी महिलातर्फ आर्चरीबाट बागलुङकी रोजिना थापामगर, फुटबलबाट लमजुङकी सावित्रा भण्डारी ९साम्बा० र आइटिएफ तेक्वान्दोबाट बागलुङकी सुस्मिता थापामगर छनोट भएकी हुन् । 


यस्तै उदियमान खेलाडीतर्फ भलिवलबाट बागलुङका रवि केसी, फुटवलबाट कास्कीका सुमित श्रेष्ठ र क्रिकेटबाट बागलुङका सुवास भण्डारी मनोनयनमा परेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए । 


यस्तै उत्कृष्ट प्रशिक्षकतर्फ आर्चरीबाट स्याङ्जाका किशोर कुमार गुरुङ (केके), लनटेनिसबाट कास्कीका निरज थापा र आइटिएफ तेक्वान्दोबाट कास्कीका सुरज सुनार मनोनयमा परेका हुन् । 


कुल ७ विधा मध्ये बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा आगामी दिनमा सार्वजनिक गर्ने मञ्चले जनाएको छ । 


वर्ष खेलाडी पुरुष तथा महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी, वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबले जनही ३५ हजार र ट्रफी पाउनेछन् ।  लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गर्ने मञ्चले जनाएको छ । 

 

उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गर्ने मञ्चका महासचिव पौडेलले बताए । 


अवार्ड कार्यक्रम सम्पन्न गर्न ३२ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र सो खर्च व्यवस्थापनको लागि ३५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष दीननाथ बरालले बताए । बचत भएको रकम पत्रकार कल्याणकारी अक्षयकोष तथा वृत्ति विकासका तालिममा खर्च गर्ने अध्यक्ष बरालले उल्लेख गरे । 


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वैशाख २३ गते पोखरामा सातौं संस्करणको पोखरा स्पोर्टस अवार्ड २०७९’ मूल समारोहकाबीच अवार्ड वितरण गर्दै छ ।

पोखरा:   जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्र...

थप पढ्नुहोस्

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...

थप पढ्नुहोस्