मिसन मुख्यमन्त्री: तयारीमा कांग्रेसका पाण्डे, केन्द्रको निर्णय कुर्दै चुमान

पाेखरा | बैशाख १४, २०८०

मिसन मुख्यमन्त्री: तयारीमा कांग्रेसका पाण्डे, केन्द्रको निर्णय कुर्दै चुमान

पोखरा:   गण्डकी प्रदेश सरकारको नेतृत्व गरेका खगराज अधिकारीको सरकार वैशाख ९ गते ढलेसँगै प्रदेशको मुख्यमन्त्री को बन्ने भनेर माओवादी र कांग्रेसको हानथाप छ । 

 

गण्डकी प्रदेश सभामा कुनै राजनीतिक दलको स्पष्ट बहुमत नहुँदा संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बनाउनुपर्ने भएकाले माओवादी र कांग्रेसको मुख्यमन्त्री बन्न हानथाप छ । 


प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् ।


प्रदेश प्रमुखले दिएको समय भित्र माओवादीको समर्थनमा मुख्यमन्त्री बन्न नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले तयारी गरेका छन् । स्रोतका अनुसार केही समयमा दलको बैठक बसेर प्रदेश प्रमुख समक्ष दाबी गर्ने कांग्रेसको तयारी छ । 


यद्यपी गण्डकीमा शीर्ष तहमै कांग्रेसमा र माओवादी आलोपालो गर्ने सहमति भएको नेताहरु बताउछन् । पहिलो चरणमा कांग्रेसले नै मुख्यमन्त्री पाउने पक्का भइसकेको कांग्रेस निकट स्रातको भनाई छ । 


तर नेकपा माओवादीले केन्द्रका स्रोतका अनुसार पहिले कसले दाबी गर्ने भनेर केन्द्रको आधिकारिक निर्णय अझै नआएकाले गण्डकी प्रदेशको सरकारको मुख्यमन्त्री को भन्छ भनेर अन्यौल छ । यद्यपी दुइपटक प्रदेशको मन्त्री भइसकेको हरिब बहादुर चुमानले पनि मुख्यमन्त्री बन्ने अडान लिएपनि केन्द्रको निर्णर्य कुरिरहेको बताइएको छ ।


पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस र माओवादीको सरकार बन्न लागेको हो ।


केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए ।


कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।


संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ बमोजिम ठूलो दलबाट मुख्यमन्त्री नियुक्त गर्ने अन्योल थियो ।

 

कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए ।
 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्