मिसन मुख्यमन्त्री: तयारीमा कांग्रेसका पाण्डे, केन्द्रको निर्णय कुर्दै चुमान
पाेखरा | बैशाख १४, २०८०
पोखरा: गण्डकी प्रदेश सरकारको नेतृत्व गरेका खगराज अधिकारीको सरकार वैशाख ९ गते ढलेसँगै प्रदेशको मुख्यमन्त्री को बन्ने भनेर माओवादी र कांग्रेसको हानथाप छ ।
गण्डकी प्रदेश सभामा कुनै राजनीतिक दलको स्पष्ट बहुमत नहुँदा संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बनाउनुपर्ने भएकाले माओवादी र कांग्रेसको मुख्यमन्त्री बन्न हानथाप छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् ।
प्रदेश प्रमुखले दिएको समय भित्र माओवादीको समर्थनमा मुख्यमन्त्री बन्न नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले तयारी गरेका छन् । स्रोतका अनुसार केही समयमा दलको बैठक बसेर प्रदेश प्रमुख समक्ष दाबी गर्ने कांग्रेसको तयारी छ ।
यद्यपी गण्डकीमा शीर्ष तहमै कांग्रेसमा र माओवादी आलोपालो गर्ने सहमति भएको नेताहरु बताउछन् । पहिलो चरणमा कांग्रेसले नै मुख्यमन्त्री पाउने पक्का भइसकेको कांग्रेस निकट स्रातको भनाई छ ।
तर नेकपा माओवादीले केन्द्रका स्रोतका अनुसार पहिले कसले दाबी गर्ने भनेर केन्द्रको आधिकारिक निर्णय अझै नआएकाले गण्डकी प्रदेशको सरकारको मुख्यमन्त्री को भन्छ भनेर अन्यौल छ । यद्यपी दुइपटक प्रदेशको मन्त्री भइसकेको हरिब बहादुर चुमानले पनि मुख्यमन्त्री बन्ने अडान लिएपनि केन्द्रको निर्णर्य कुरिरहेको बताइएको छ ।
पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस र माओवादीको सरकार बन्न लागेको हो ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए ।
कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ बमोजिम ठूलो दलबाट मुख्यमन्त्री नियुक्त गर्ने अन्योल थियो ।
कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

